• :
  • :
    • On Air
    • Swasthya paricharcha
    • Up Next
    • Mithilanchal News

समाचार

केसी समर्थक बालुवार छिर्न खोज्दा प्रहरीसँग झडप

केसी समर्थक बालुवार छिर्न खोज्दा प्रहरीसँग झडप
केसी समर्थक बालुवार छिर्न खोज्दा प्रहरीसँग झडप
साउन १० गते, काठमाडौं । 
डा. गोविन्द केसीका माग सम्बोधन गर्न माग गर्दै प्रदर्शनमा उत्रिएका चिकित्सक र प्रहरीबीच झडप भएको छ। चिकित्सक र स्वास्थ्यकर्मीको जुलुस शिक्षण अस्पताल महाराजगञ्जबाट प्रधानमन्त्री निवास बालुवाटारतर्फ जान खोज्दा प्रहरीले रोकेपछि सामान्य झडप भएको हो।
एमबीबीएसका विद्दार्थी नारायण कँडेलले डा. केसीको माग पुरा गर्न सरकार अझै तयार नभएपछि विरोधस्वरुर्प यालीको आयोजन गरिएको बताए। २७  दिनदेखि अनसनरत प्रा.डा. गोविन्द केसीका प्रतिनिधि र सरकारी वार्ता टोलीबीचको बुधबार भएको वार्ता असफल भएको छ। डा. केसीको अनसन जारी छ। 
 


यसमा तपाईको मत