• :
  • :
    • On Air
    • Pithiya Thok
    • Up Next
    • MASTI KE PATHSALA

समाचार

मधेस बर्बाद गर्ने मधेसी नेता नै हुन् स् स्वास्थ्यमन्त्री यादव

मधेस बर्बाद गर्ने मधेसी नेता नै हुन् स् स्वास्थ्यमन्त्री यादव
 
साउन १८गत्ते,जनकपुरधाम ।
स्वास्थ्यमन्त्री एवं संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले मधेस बर्बाद गर्ने मधेसी नेता नै भएको बताएका छन् । उनले विकास बजेट हिनामिना गरेर मधेसलाई मधेसी नेताले नै पछाडि पारेको आरोप लगाए ।
‘मधेस बर्बाद गर्ने मधेसी नेताहरु नै हुन्,’ जनकपुर अञ्चल अस्पतालको बिहीबार निरीक्षणपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्री यादवले भने, ‘मधेसमा विकासका लागि पर्याप्त बजेट आएपनि दुरुपयोग भइरहेको छ। त्यही रकम पहाडमा सदुपयोग हुन्छ।’
मधेसवादी दलका मधेसी नेता मात्र होइन, अरु दलका मधेसी नेताले पनि मधेसलाई बर्बाद गरेको मन्त्री यादवको आशंय थियो।‘जनकपुरको विकासको लागि धेरै बजेट आयो, तर विकास भएन। पहाडमा यति नै पैसा जाँदा धेरै विकास हुन्छ,’ उनले भने, ‘मधेसमा उपभोक्ता समिति बनाएर कमिशन खाने र विकास नगर्ने परिपाटी रहेको छ।’
स्वास्थ्यमन्त्री उपेन्द्र यादवले जनकपुर अत्यन्तै फोहर सहर भएको बताएका छन्। उनले सरसफाईको नाममा आएको बजेट मधेसी नेताहरुले नै अनियमितता गरेको आरोप लगाए।
 


यसमा तपाईको मत