• :
  • :
    • On Air
    • Up Next
    • Station Opening ( Bhajan)

समाचार

जनकपुरमा क्रिकेट क्रेज बढदै, चन्दा मागेर क्रिकेट अभ्यास, राष्ट्रिय टोलिमा स्थान खोज्नु नै चुनौति

जनकपुरमा क्रिकेट क्रेज बढदै, चन्दा मागेर क्रिकेट अभ्यास, राष्ट्रिय टोलिमा स्थान खोज्नु नै चुनौति
भदौ १२ गत्ते,जनकपुरधाम।
कभर्ड हल संगै रहेको चिया पसलमा भेटिने १० वर्षीया विनिता कुमारी पछिल्लो समय क्रिकेट अभ्यासमा भेटछिन् । कक्षा २ मा अध्ययनरत बिनिताको उद्येश्य नेपालबाट अन्र्तराष्ट्रिय खेलमा सहभागि हुने छ । जनकपुरको कभर्डहल मैदानमा बिहानि सत्रमा २०÷२५ जना खेलाडीमा बिनिता एक्लै केटी छिन् ।  मेरमा सानी भएर उनलाई सबैले सघाउछन् । टिभिमा क्रिकेट देखेर बिनितालाई क्रिकेटर बन्न रहर लागेर अहोरात्र मिहिनत गर्दै छिन । 
बुवा राजकुमार महतो कारखाना र आमा इन्दु देवी चिया पसल चलाउदै आएकी बिनिता क्रिकेट खेल्न उत्साहित भएकोले उनलाई निशुल्क सिक्ने व्यवस्था मिलाइएको छ । क्रिकेट प्रशिक्षक नविन सिंहले नियमित अभ्यस गराउदै आएको कर्भड हल मैदानमा बिहान र साझ सत्रमा  ४० जना भन्दा बढी युवा क्रिकेटको अभ्यास गर्दै आएका छन् । अभ्यासकालागि आवश्यक खेल समाग्रि खेलाडीहरुबाट चन्दा संकलन गरी खरिद गरिएको क्रिकेट खेलाडी शोभाकान्त पाण्डे बताउछन् । अभाव दबावमा अभ्यास राम्रै भएपनि खेला समाग्रिको कमि छ, पाण्डेले भने,‘अभ्याकालागि बल, ब्याट र किट नै खरिद गर्न समस्या छ ।’ एक खोलडीकालागि मासिक २ बल खरिद गर्न १ हजार रुपैया खेलाडीबाटै संकलन गरी अन्य समाग्रि खरिदका लागि चन्दा संकलन गर्दा अभ्यास सम्भव भएको छ ।
खेलकुदको विकासकालागि भाषण गर्ने धेरै छन तर आर्थिक  सहयोग गर्ने भेटिदैनन्, पाण्डेले भने,‘सरकारी सहयोग त पाएकै छैनौ । आक्कल झुकल आएपनि ५ लाखमा २ लाख कर्मचारीलाई नै घुस बुझाउने शर्त गर्छन । फर्जि बिल बनाएर घुस लिने शर्त राखेपछि हामि सरकारी सहयोग लिदैनौ ।’ सरकारी अनुदान हामिबाट सम्भव नै नहुदा जनकपुरको क्रिकेट धरासायि बनेको छ । खेलकुदको बजेटमा कमिशन, भ्रष्टाचार हुदा खेलकुदको स्तर बिग्रिएको पाण्डले टिप्पणि गरे ।
हामि खेलाडीले बजेट ल्याउन सक्दैनो तर खेलाडी उत्पादन गर्न सक्छौ, पाण्डेले भने,‘अभाव दवामै सञ्चालन भएको क्रिकेट एकेडेमिबाट २÷३ वर्षमा नेपालको नेतृत्वगर्ने खेलाडी जनकपुरबाट उत्पादन हुने छ ।’ जनकपुरको कभर्ड हल र रंग भुमि मैदान बाह्र बिग्हामा स्थानिय युवाहरुलाई क्रिकेट सिकाउन क्रिकेट खेलाडीहरुले कोच गरीरहेका छन् । 
क्रिकेटको भविष्य राम्रो भएपनि राम्रो खेल्ने रंगशाला र बतावरण छैन । सहि नियतले खेलकुदमा लगानि नहुदा प्रतिभावान खेलाडीको भविष्य अन्यौलमा परेको छ । क्रिकेट खेल्न र राम्रो प्रदर्शन गर्न सक्ने क्षमता भएपनि लगानि अभावमा जनकपुरको क्रिकेट फस्टाउन सकेको छैन । संघिय सरकार, स्थानिय तह र प्रदेश सरकारको खेलकुद लगानि पनि दल, निर्वाचन क्षेत्र र प्रचार प्रसारमै खर्च हुन्छ । खेलाडी उत्पादनका लागि बजेट खर्च भएको पाइदैन । जनकपुर क्रिकेट सुधारकालागि राष्ट्रिय टिमको प्रशिक्षकको अनुभवी नविन सिंह र क्रिकेटर हरिशंकर साहले क्रिकेट खेल्ज चाहनेलाई प्रशिक्षक दिदै आएको छ । 
क्रिकेट खेल्ने खेलाडीलाई खेल मैदान नहुदा विगतको तुल्नमा जनकपुरबाट खेलाडी उत्पादन घटेको प्रशिक्षक सिंह बताउछन् । जति सुकै इन्डोर अभ्यास गरेपनि म्याज न खेले सम्म खेलाडी तयार हुदैन प्रशिक्षक सिहले भने,‘यहाको खेलाडीमा क्ष्मता छ । क्षमता देखाउन मैदान छैन ।’ जनकपुरको पढाइको स्तर खस्कीएपछि यहाको खेलकुदको स्तर पनि खस्केको सिंह बताउछन् ।  दुई दशक अघि सम्म जनकपुर पढन आउने परम्परा पछिल्लो समय पढाइ बिग्रिएपछि जनकपुरको होनहार खेलाडीहरु बढन बाहिर गएपछि  क्रिकेटमा ठुलो क्षति भएको छ, उनले भने । 
मुलुक संघियतामा गएकोले स्थानिय सरकारले खेलकुदको रकम सदुपयोग गर्दै ग्रास रुटबाटै क्रिकेट खेलाडी छनौट गर्न सके प्रदेश २ को क्रिकेटमा सम्भावना राम्रो छ, सिंहले भने,‘स्थानिय सरकारले स्थानि स्तरमा र प्रदेश सरकारले प्रदेश स्तरीय खेलमैदान बनाएर र प्रशिक्षक राख्ने हो भने प्रदेश २ ले राष्ट्रिय टोलिमा स्थान बनाउन सक्ने सम्भावना छ ।’ जिल्ला स्तरीय र प्रदेश स्तरी क्रिकेट एकेडिमा आवश्यक रहेको उनले बताए । 
नेपाली क्रिकेटमा जनकपुरको उतम कर्मचार्य, रितेश बराल, दिपक कोइराला, प्रदिप शर्मा, दामोदर गौतम, हरिशंकर साह पछि यु–१९ मा अनिल मण्डल, समिर नेपाल, दिपक श्रेष्ठ स्थान बनाएर राम्रो प्रदर्शन गरेका छन् । यस पछिको पुस्ता क्रिकेटमा जम्न सकेको छैन । पछिल्लो समय जनकपुरमा यु–१५ र यु–१९ का लागि खेलाडी टेक्निकल अभ्यसामा जुटेका छन् । तर आर्थिक अभवमा अभ्यास प्रभावकारी हुन सकेको छैन । जनकपुरमा हुने शहिद कप र क्रिकेट खेलाडी दिपक गुप्ताको सम्झनामा हुने डीजिएमटीले यहा क्रिकेटको क्रेज बढेको छ ।
 


यसमा तपाईको मत