• :
  • :
    • On Air
    • Sapna sapne Rahigel Repeated
    • Up Next
    • Tun Tun Kaka

समाचार

चिकित्सक संघले बुझायो ६ हजार डाक्टरको लाइसेन्स, जनकपुर अञ्चल अस्पतालको दैनिक सेवा ठप्प गरी डाक्टरहरु आन्दोलनमा

चिकित्सक संघले बुझायो ६ हजार डाक्टरको लाइसेन्स, जनकपुर अञ्चल अस्पतालको दैनिक सेवा ठप्प गरी डाक्टरहरु आन्दोलनमा
मिथिलाञ्चल समाचारदाता
भदौ १८ गत्ते,जनकपुरधाम ।
जनकपुर अञ्चल अस्पतालको दैनिक सेवा ठप्प गरी डाक्टरहरु आन्दोलनमा उत्रेका छन् । भदौ १ गतेदेखि लागु भएको मुलुकी अपराध (संहिता) ऐन ०७४ र मुलुकी फौजदारी कार्य्विधि ऐन ०७४ मा डाक्टरले लापरवाहीपूर्वक उपचार गर्दा जन्मकैदको व्यवस्थाको विरोधमा जनकपुर सहितछ मुलुक भरीका डाक्टरहरु आन्दोलित भएका छन् । 
सांकेतिक विरोधस्वरुप सबै अञ्चल अस्पतालमा आकस्मिक बाहेकका सबै स्वास्थ्य सेवा ठप्प पारिएको जनकपुर अञ्चल अस्पतालका डा. कृष्णा देव दासले बताए । अञ्चल अस्पतालको आकास्मिक सेवा चलेपनि अन्य सेवा ठप्प गरेका छौ, डा.दासले‘केहि बेर ओपीडि चलाउने चर्चा भएपनि टुगो लागेको छैन । ’
यता जनकपुर र अञ्चल अस्पतालका अर्का डा. जामुन प्रसाद सिंहका अनुसार आज जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र ब्ुझाउने तयारी गरिएको छ । यस अघि नेपाल चिकित्सक संघले ६ हजार चिकित्सकको लाइसेन्स नेपाल मेडिकल काउन्सिललाई बुझाएको छ । संघले माइतीघर मण्डलामा गरेको विरोध प्रर्दशनपछि आइतबार दिउँसो करिब एक बजे बासबारीस्थित नेपाल मेडिकल काउन्सिल पुगेर कार्यवाहक अध्यक्ष डा. नारायणविक्रम थापालाई लाइसेन्स बुझाएको हो । लाइसेन्स बुझाउनेमा संघमा आवद्ध १६ वटा शाखाकै चिकित्सकहरु रहेको महासचिव डा. लोचन कार्कीले बताए । 
 


यसमा तपाईको मत