• :
  • :
    • On Air
    • Up Next
    • Station Opening ( Bhajan)

समाचार

मदर्सा शिक्षा सुधारका लागि मुख्यमन्त्रीलाई ज्ञापनपत्र

मदर्सा शिक्षा सुधारका लागि मुख्यमन्त्रीलाई ज्ञापनपत्र
मिथिलाञ्चल समाचारदाता
भदौ १९ गत्ते,जनकपुरधाम ।
मदर्सा अर्गनाइजेशन अफ नेपाल प्रदेश २ को मदर्सा शिक्षालाई शिक्षको मुलधारमा ल्याएर व्यवस्थित र गतिशिल बनाउन मुख्यमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ ।
 
मदर्सा शिक्षालाई व्यवस्थित बनाउन पटक पटक प्रयास भएपनि इस्लाम धर्मालम्बीहरुको शिक्षा धरापमा पार्ने काम भएकोले मदर्सा शिक्षा सुधारकालागि मदर्सा अर्गनाइजेशन अफ नेपाल  १२ बुदे ज्ञापन पत्र बुझाएको छ ।
 
सोमबार मुख्यमन्त्री लालबामबु राउतलाई बुझाएको ज्ञापन पत्रमा मदर्सा शिक्षा बोर्ड तत्काल कार्यान्वय हुनु पर्ने, मदर्सा शिक्षालाइ मुलधारमा ल्याउन शिक्षा ऐन र नियमावलीमा प्रष्ट व्यवस्था हुनु पर्ने, मौलवीहरुको शैक्षिक प्रमाण पत्रको समकक्षता मान्यता संघिय सरकारबाट दिलाउन पहल गनर््ु पर्ने मदर्सा अर्गनाइजेशन अफ नेपालले माग गरेको छ ।
 
मौलाना मौलवीहरुलाइ शैक्षिक योग्यता अनुसार शिक्षक अध्ययापन अनुमतिपत्र  दिनु पर्ने, इस्लाम शिक्षा नीति निर्माणमा मुस्लीम विज्ञको सहभागिता हुुनु पर्ने माग गरेको छ । मदर्साका मौलवीको नियुक्ती हुनु पर्ने र तलव सुविधा सामुदायिक विद्यालयका शिक्षक सरह कायम हुनु पर्ने माग गरेको छ ।
 


यसमा तपाईको मत