• :
  • :
    • On Air
    • Sapna sapne Rahigel Repeated
    • Up Next
    • Tun Tun Kaka

समाचार

सामाजिक परिचालकहरुको आन्दोलन स्थगित

सामाजिक परिचालकहरुको आन्दोलन स्थगित
मिथिलाञ्चल समाचारदाता
भदौ २१ गत्ते,जनकपुरधाम ।
सामाजिक परिचालकहरुले गर्दै आएको आन्दोलन स्थगित भएको छ ।
गत असारबाट कामबाट निकालिएका समाजिक परिचालकहरु दुई बुँदे माग सहित गत साउन २८ गतेबाट सडक आन्दोलन गर्दै आएकामा हाललाई आन्दोलन स्थगित गरिएको जनाइएको हो । 
प्रदेश २ का सामाजिक परिचालकहरुको  आन्दोलनलाई मुख्यमन्त्री लालबाबु राउत १३६ वटै स्थानिय तहका प्रमुख÷उप प्रमुखहरुलाई  कार्यालय सहायकमा राख्न मौखिक आग्रह गरेपछि सामाजिक परिचालकहरुको आन्दोलन स्थगित गरिएको आन्दोलन परिचालन संर्घष समितिले विज्ञप्ति मार्फत जनाएको हो ।
मुख्यमन्त्रि लालबाबु राउत गद्दीको अध्यक्षतामा प्रदेश समन्वय परिषदको बैठकमा  प्रदेश नम्बर २ का १३६ वटै स्थानिय तहका प्रमुख तथा उप प्रमुखहरुलाई सामाजिक परिचालकहरुलाई साविककै काममा निरन्तरता दिन  मौखिक आग्रह गरेको  तथा क्याबिनेटबाट निर्णय भई लिखित पत्र नआए सम्म भदौ २८ गत्ते सम्मको सडक र्याली तथा आन्दोलनको कार्यक्रमहरु स्थगित गरिएको  आन्दोलन परिचालन संर्घष समितिका संयोजक रामसुबोध यादवद्धारा जारी प्रेस विज्ञप्ति मार्फत जनाईएको छ । 
 


यसमा तपाईको मत