• :
  • :
    • On Air
    • Tun Tun Kaka
    • Up Next
    • Mithilanchal News

समाचार

पेट्रोल, डिजेल, मट्टीतेल र एलपी ग्यासको भाउ बढ्यो

पेट्रोल, डिजेल, मट्टीतेल र एलपी ग्यासको भाउ बढ्यो
भदौ २१ गत्ते,काठमाडौं । 
नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टीतेल र एलपी ग्यासको भाउ बढाएको छ । पेट्रोलमा लिटरको १ रुपैयाँ, डिजेल र मट्टीतेलमा लिटरको ३ रुपैयाँ तथा एलपी ग्यासमा प्रतिसिलिण्डर २५ रुपैयाँ भाउ बढेको निगमले जनाएको छ ।
 
भाउ बढेपछि अब पेट्रोल लिटरको १ सय १२ रुपैयाँ, डिजेल र मट्टीतेल ९८ रुपैयाँ तथा खाना पकाउने ग्यासको मूल्य १४ सय रुपैयाँ पुगेको छ ।
 
अन्तर्रा्ष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको भाउ बढेको तथा अमेरिकन डलरको तुलनामा नेपाल र भारतीय रुपैयाँको अवमूल्यन भएकाले भाउ बढाउनु परेको निगमका निर्देशक एवं प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिनुभएको छ ।
 


यसमा तपाईको मत