• :
  • :
    • On Air
    • Sapna sapne Rahigel Repeated
    • Up Next
    • Tun Tun Kaka

समाचार

जलेश्वर अस्पतालको शवगृह टर्च बालेर पोस्टमार्टम

जलेश्वर अस्पतालको शवगृह टर्च बालेर पोस्टमार्टम
भदौ २१ गत्ते,महोत्तरी ।
जलेश्वर अस्पतालको शवगृह जान न हिँड्नलायक बाटो छ, न त्यहाँ बत्तीकै सुविधा छ । त्यहाँ पुग्न सिरिन्ज, सिसालगायत फोहोर फ्यालिएको ठाउँबाट जानुपर्छ । शवगृहभित्र बत्तीको व्यवस्था नहुँदा टर्च बालेर पोस्टमार्टम हुने गरेको छ ।
भंगाहा नगरपालिका–४ रातो खोलामा एक साताअघि एक बालकको शव फेला परेको थियो । तर, आफन्त पत्ता नलाग्दा एक साता शवगृहमै राखियो । शव राख्ने बाकस नहुँदा सडेर गनाउन थालेपछि नगरपालिकाले लगेको थियो ।
जलेश्वर अस्पताल प्रमुखसमेत रहेका जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा.राजीव झाले जनशक्ति र बजेट अभावमा शवगृहलाई व्यवस्थित बनाउन नसकेको बताए ।
शवगृहमा पानीको समेत राम्रो व्यवस्था नभएको कर्मचारीको भनाइ छ । जिल्ला अस्पतालबाट पानी बोकेर लैजानुपर्ने बाध्यता भएको सफाइ कर्मचारीले बताए ।
शवको चिरफार गर्नेले सय रुपैयाँ पाउने उनले बताए । एउटा शव पोस्टमार्टम गरेबापत आउने हजार रुपैयाँबाट डाक्टरले पाँच सय रेडिकल रेकर्डरले दुई सय लिन्छन । बाँकी चिरफार गर्ने र सरसफाइ गर्नेलाई दिने गरिएको छ ।
दुई वर्ष पहिले आन्दोलनमा मृत्यु भएका ६ जनाको शव शवगृहमा नै कुहिएका थिए । त्यतिवेला तत्कालीन सांसद रामदयाल मण्डलले एसीयुक्त शवगृह बनाउने वाचा गरेका थिए । तर, त्यसपछि शवगृहको मुद्दा पनि सेलाएको जिल्ला अस्पतालका एक कर्मचारीले बताए ।
जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा. झाले अहिलेको शवगृह अन्य भवनभन्दा तल पर्ने हुनाले पानी भवनमा पस्ने समस्या भएको बताए । उनले शवगृह नै नयाँ बनाउनुपर्ने बताए । शवगृहमा डिप फ्रिजर, पोस्टमार्टमलगायतका उपकरण पनि आवश्यक भएको बताए ।
नयाँ पत्रिका


यसमा तपाईको मत