• :
  • :
    • On Air
    • Sapna sapne Rahigel Repeated
    • Up Next
    • Tun Tun Kaka

समाचार

सप्तरीको २ सयभन्दा बढी विद्यालय अनुमतिविना सञ्चालनमा, बन्द गर्न १० दिने अल्टिमेटम

सप्तरीको २ सयभन्दा बढी विद्यालय अनुमतिविना सञ्चालनमा, बन्द गर्न १० दिने अल्टिमेटम
भदौ २१ गत्ते,राजविराज ।
 नियम विपरीत सञ्चालनमा रहेका निजी तथा संस्थागत विद्यालयका कारण सप्तरीमा हजारौं बालबालिकाको शैक्षिक भविष्य अन्यौलमा परेको छ।
शिक्षा ऐन २०२८ (संसोधन सहित) र शिक्षा नियमावली २०५९ को अधीनमा रहेर मात्र निजी तथा संस्थागत विद्यालय सञ्चालन गर्न पाउने व्यवस्था छ। तर, सप्तरीमा २ सय भन्दा बढी यस्ता विद्यालय वर्षौंदेखि अनुमति नै नलिई सञ्चालनमा छन्।
 
आधिकारीक तथ्यांक नभएपनि हाल २ सय भन्दा बढी निजी तथा संस्थागत करिब ३० हजार बालबालिका अध्ययन गरिरहेको शिक्षा विकास तथा समन्वय एकाइ सप्तरीका संयोजक शंकर लुइँटेलले बताए।
 
लुइँटेलका अनुसार श्रोत केन्द्र मार्फत ९ नगरपालिका सहित १८ वटै स्थानीय तहमा सञ्चालित त्यस्ता विद्यालयको बारेमा जानकारी लिने र तथ्यांक संकलन गर्ने कार्य जारी छ। ‘हामी पनि त्यस्ता विद्यालय र अध्ययनरत विद्यार्थीको आधिकारीक तथ्यांक तयार पार्दैछौं।’, लुइँटेलले भने।
तत्कालीन जिल्ला शिक्षा कार्यालयले पटक–पटक त्यस्ता विद्यालय बन्द गर्न÷गराउन प्रयास गरेपनि सफल हुन नसकेको लुइँटेलको भनाइ छ। उनी भन्छन्, ‘केही विद्यालय त बन्द गरिएका पनि हुन्। तर, निरन्तर नियमन नहुँदा पूर्ण रुपमा सफल हुन नसकेकै हो।’ आर्थिक वर्ष २०६८र६९ देखि नै त्यस्ता विद्यालय सञ्चालनमा रहेका उनले जानकारी दिए।
 
‘अनुमति नलिएका विद्यालयले १० कक्षासम्म पठनपाठन सञ्चालन गरिरहेका छन् भन्ने सुनेका छौं’, उनले थपे, ‘अनुमति पाएकामध्ये पनि कतिपय विद्यालयले तल्लो तहको अनुमतिमा माथिल्लो तह सञ्चालन गरेको पनि पाइएको छ। ति सबै विषयमा सुक्ष्म अध्ययन हुँदैछ।’
नेपाल लाइभ


यसमा तपाईको मत