• :
  • :
    • On Air
    • Up Next
    • Station Opening ( Bhajan)

समाचार

दाइजोले फेरी लियो ज्यानःमागे अनुसारको दाइजो नदिएपछि धनुषाकी कृति झालाइ श्रीमान र सासू मिली गरे हत्या

दाइजोले फेरी लियो ज्यानःमागे अनुसारको दाइजो नदिएपछि धनुषाकी कृति झालाइ श्रीमान र सासू मिली गरे हत्या
भदौ २१ गते, जनकपुरधाम ।
मागे अनुसारको दाईजो नपाएपछि धनुषाको २० वर्षिय कृति झालाई भारतमा उनको ससुरालीमा हत्या गरिएको छ। धनुषाको विदेह नगरपालिका–८ वैदेही गाउँ निवासी ममता झा र स्व. राजकुमार झाको छोरी कृतिलाई शनिबार भारतको मधुवनी जिल्ला रहिका गाउँस्थित ससुरालीमा श्रीमान र सासूले हत्या गरी पोखरी छेउमा फालेका थिए।
आइतबार बिहान कृतिको शव गाउँकै पोखरी छेऊमा देखेपछि स्थानीयहरूले रहिका थानामा प्रहरीलाई खबर गरेका थिए। मृतकका श्रीमान रंन्धीर मिश्राले शवलाई आफ्नो जिम्मामा लिएर जलाउने प्रयास गरेपनि माईतबाट कृतिका दाई राजीव कुमार झा र उनका नातेदारहरू समयमै घटनास्थलमा पुगेर शव नियन्त्रणमा लिएर परिक्षणका लागि सदर अस्पताल मधुवनी पठाएपछि घटनाबारे खुलाशा भएको हो। शवको प्रकृति हेर्दा कृतीको घाँटी थिचेर मारिएको जस्तो देखिएपनि पोष्टमार्टमको रिर्पोट नआएसम्म सहि कारण भन्न नसकिने अवस्था रहेको मृतकका काकाको छोरो अरविन्द झाले बताए।
शनिबार साँझ करिब सात बजे रन्धीरले कृतिका दाई राजीवलाई फोन गरि तिम्रो बहिनी घरबाट भाँगेको र आफूहरूको सम्पर्कमा नरहेको भनि जानकारी गराएका थिए अरविन्दले भने तर, आईतबार विहान आफूहरू कृतिको ससुराली पुग्दा उनको हत्या गरि शव फालिएको अवस्थामा बरामद गर्यौं। कृतिको शव पोखरी नजिकै फेला पर्दा सम्म उनका श्रीमान् गाउँमै भएपनि आफूहरू पुगेपछि उनी फरार भएको अरविन्दले बताए।
कृतिका दाई राजीवले रहिका थानामा आफ्नो बहिनीलाई हत्या गरिएको लिखित मुद्दा दर्ता गराएपछि सासु रंजुला मि श्रलाई पक्राउ गरिएको हो। तर, कृतिका श्रीमान रंन्धीर भने घटना बारे सार्वजनिक भएलगत्तै फरार भएका हुन्। दुई वर्ष पूर्व कृतिको रन्धीरसँग माँगी विवाह भएको थियो। एसएलसी सम्म पढेकी कृतिलाई प्लस टु पास गरेर लोहालक्करको व्यापार गर्ने रन्धीरसँग विवाह गर्नका लागि घरपरिवारले जेनतेन तीनलाख सम्म खर्च गरेको थियो। बुवा बितेको कारण आमा ममताले छोरीको राम्रो घरमा विवाह गर्न भारतमा रहेका आफ्ना भाईहरू मार्फतनै रन्धीरको परिवारलाई भेटाएकी थिइन्। मध्यम वर्गिय परिवार भएको हुँदा छोरीलाई राम्रै होला भनेर विवाह गरियो तर, विहेको दुई चार महिना नबित्दै कृति माथि यातना बढ्न थालेको उनको काकी सरस्वती झाले बताईन्।
विभिन्न सामानहरूको माँग गर्दै उनलाई पटक पटक कुटपिट गर्ने गरिन्थ्यो। उनले आफूमाथि भईरहेको यातनाका विषयमा घरपरिवारलाई जानकारी पनि गराएकी थिइन् तर, अन्तमा आएर यसप्रकार उनको ज्याननै जाने कल्पना समेत हामीले गरेका थिएनौं सरस्वीतले भनिन्। कृति गर्भवती हुँदा समेत उनको रेखदेख गरिएन्। उनलाई गर्भवती हुँदा यातना दिएर माईत पठाईयो। जनकपुर अंचल अस्पतालमै छोरालाई जन्म दिएकी कृतिको प्रसुती भएको बेला सम्पूर्ण रेखदेख माईतमै भएको थियो। तर, सानो छोरालाई लिएर ससुराली फर्किदा पुनः उनी कठोर यातना भोग्नु परेको थियो।
रक्षाबन्धनको दिन कृतिका दाई राजीव उनको ससुराली राखी मनाउन पुगेका थिए। सो बेला दाईलाई राखी बाँन्धे गर्दा कृति निकै रोएकी थिइन्। तर, सासु अगाडीमा बसेको हुनाले उनले दाईसँग खुलेर केही कुरा गर्न पाईनन्। हाल कृतिको घरपरिवार शोकमा डुबेको छ। उनका पाँच महिनाका दुधे छोरा माईतको जिम्मामा छन्।
अन्नपुर्ण पोष्ट


यसमा तपाईको मत