• :
  • :
    • On Air
    • Up Next
    • Station Opening ( Bhajan)

समाचार

पिपरा गाउपालिका कार्यालयमा नपुग्दै अग्रिम हाजरी गर्दै आएको खुलासा

पिपरा गाउपालिका कार्यालयमा नपुग्दै अग्रिम हाजरी गर्दै आएको खुलासा
मिथिलाञ्चल समाचारदाता
भदौ २४ गत्ते,जनकपुरधाम ।
 
महोत्तरी, पिपरा गाउपालिकाका कर्मचारी कार्यालयमा नपुग्दै अग्रिम हाजरी गर्दै आएको खुलासा भएको छ । कार्यालयमा हुदै नभएको कर्मचारी २ दिन अगाडि सम्मको हाजरी गरेको मिथिलाञ्चल एफएमले फेला पारेको छ ।
पिपरा गाउपालिकाका सहायक परिचालक मिथिलेश देवी साहले  भदौ २२ गते शुक्रबार कार्यालयमा उपस्थित थिएन । तर, उनले भदौ २४ गते आइतबार सम्मको हाजरी गरेको छ । सहायक परिचालक अग्रिम हाजरी गर्ने पिपरा गाउपालिकाकी उदाहरण मात्रै हो । प्रशासकिय प्रमुख रंञ्जिता झा कार्यालयमा उपस्थित नहुदै हाजरी गर्दै आएको छ । घर बिदा लिएर १० दिन सम्म कार्यालय नआएकी प्रसाशकिय प्रमुख झा कार्यालय विदा लिएको दिनमा समेत हाजरी गरेको पाइएको छ । 
प्रमुख झाले भदौ ५ गते कार्यालयको निमित प्रमुखको जिम्मेवारी मणि ठाकुरलाई दिएका थिए । ठाकुरले निमित प्रमुखको जिम्मेवारी समेत सम्हालेका थिए । निमित प्रमुख ठाकुर भएका दिनको समेत झाले हाजरी गरेको पाइएको छ । तर, प्रशासकिय प्रमुख झा काजमा काठमाडौ रहेको र पिपरा गाउपालिकामा आफु कुनै पनि गल्ति नगरेको दावि गरे । 
दुई दश पछि स्थाानिय तहमा जनप्रतिनिधि चुनिएपछि गाउ गाउमा सिंह दरबार आएर घरमै सेवा सुविधा पाउने भएर पिपरा बासी खुसि थिए । तर पिपरा गाउपालिकाका कर्मचारी कार्यालय नआएर घरमै बसी बसी तलब खान तालेपछि स्थानिय समस्यामा परेको छ । पिपरा गाउपालिका प्रमुख विनोद चौधरी कार्यालयका कर्मचारीले गरेको गल्ती टुलु टुलु रमिता हेर्ने बाहेक केहि गर्न सकेको छैन । 
पिपरा गाउपालिकाको कार्यालयमा कर्मचारी नबस्दा दैनि सेवा लिन आउने सेवा ग्राही अन्यौलमा परेको स्थानिय गणित यादवले बताए । २० जना भन्दा बढी कर्मचारी कार्यरत पिपरा नगरपालिकामा ४÷५ जना मात्रै कार्यालयमा उपस्थित हुदा सेवा लिन आएका सेवाग्रहारी समस्यामा पर्ने गरेको स्थानिय शनिकुमार मण्डलले बताए । 
पिपरा गाउपालिकामा कर्मचारीले हाजररी अगावै गरेको गुनासो आएको बताउदै महोत्तरीका प्रमुख जिल्ला अधिकारी उमेश ढकालले गल्ति गल्ति गर्ने कर्मचारीलाई कारवाहि हुने बताए । आज शनिबार बिदा भएको आइतबार पिपराको हाजरी प्रकणरबारे छानबिन हुने प्रमुख जिल्ला अधिकारी ढकालले बताए ।  
 


यसमा तपाईको मत