• :
  • :
    • On Air
    • Sapna sapne Rahigel Repeated
    • Up Next
    • Tun Tun Kaka

समाचार

मन्त्रीलाई आफ्नै जिल्ला प्यारो

मन्त्रीलाई आफ्नै जिल्ला प्यारो
भदौ २४ गत्ते,जनकपुरधाम ।
 
प्रदेश २ को सरकारले जनकपुर चुरोट कारखानालाई ‘मिनी सिंहदरबार’ बनाएको छ । मन्त्रालय र मन्त्रीको निवास एउटै परिसरमा । कर्मचारीको कार्यालय र आवास एउटै थलोमा । प्रदेश प्रमुखको कार्यालय र निवास पनि त्यहीं भित्र छ । 
जचुकालिको आवासीय क्षेत्रलाई चरिच्याट बनाएर एउटै थलोबाट प्रदेश सरकार हा“किएको छ । प्रदेश सरकारको मिनी सिंहदरबारमा सर्वसधारणको उतिबिघ्न चाप छैन । तर, कामविशेष वा भनसुनकै लागि त्यहा“ पुग्ने सर्वसाधारण भने निराश भएर फर्किन्छन्। किनभने, मन्त्रालयमा मन्त्री नै भेटिंदैनन्। मन्त्री बस्ने कार्यकक्ष प्रायः सुनसान हुन्छ । गृहजिल्ला दौडिहाल्ने मन्त्रीहरूको प्रवृत्तिले प्रदेश सरकार थप आर्थिक भारमा थिचिएको छ । 
अति आवश्यक काम नरहे आफ्नै जिल्लामा रमाउने मन्त्रीहरूका कारण दैनिक भ्रमण भत्ताको खर्च अकासिएको छ । ‘मन्त्रीहरूको गृहजिल्ला भ्रमण अलि बढी नै देखिन्छ,’ प्रदेश २ सरकारका एक सचिवले भने। प्रदेश सरकारका आर्थिक मामिलामन्त्री विजय यादवले मन्त्रालयमा काम हु“दा आफू प्रायः जनकपुर नै बस्ने गरको े दाबी गरे। तर, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको तथ्यांकले मुख्यमन्त्री तथा मन्त्रीहरूको जिल्ला भ्रमण बढेको देखाउ“छ । 
मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका अनुसार फागुनदेखि असारसम्मको ५ महिनाको अवधिमा मुख्यमन्त्री तथा मन्त्रीहरूको जिल्ला भ्रमणमा १० लाख १४ हजार ९ सय रुपैया“ खर्चिएको छ । जिल्ला भ्रमण सबभन्दा बढी खर्च मुख्यमन्त्री मोहम्मद लालबाबु राउतले गरका े छन्। उनले ५ महिनाको अवधिमा जिल्ला भ्रमणबापत १ लाख ७४ हजार ५० रुपैया“ बुझेका छन्। मुख्यमन्त्री राउतले सबभन्दा बढी आफ्नै गृहजिल्ला पर्साको भ्रमण गरका छन् े । 
असार १ गते बसेको प्रदेशसभाको बैठकले मुख्यमन्त्री तथा मन्त्रीहरूको सेवा– सुविधा विधयेक पारित गरपछि मुख्यमन्त्री े तथा मन्त्री जिल्ला भ्रमणमा निस्क“दा दैनिक भत्ता पाउ“छन्। त्यसमा इन्धन जोडिएको हु“दैन । इन्धनका छुट्टै कुपन मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बा“ड्छ । 
जिल्ला भ्रमणमा निस्क“दा मुख्यमन्त्रीले इन्धनबाहेक दैनिक ३ हजार र मन्त्री तथा राज्यमन्त्रीले इन्धनबाहेक दैनिक २ हजार ५ सय रुपैया“ भत्ताबापत बुझ्छन्। जिल्ला भ्रमण दोस्रो बढी रकम खर्च गर्नेमा सामाजिक विकासमन्त्री नबलकिशोर साह छन्। 
सप्तरी निवासी मन्त्री साहले फागुनदेखि असारसम्ममा जिल्ला भ्रमणबापत १ लाख ४० हजार १ सय रुपैया“ बुझेका छन्। मन्त्री साह औपचारिक कार्यक्रममा जनकपुरमा देखिए पनि प्रायः सप्तरी नै पुग्छन्। तेस्रो बढी जिल्ला भ्रमण गर्नेमा सप्तरी नै गृहजिल्ला रहेको भूमिव्यवस्था, कृषि तथा सहकारीमन्त्री शैलेन्द्रप्रसाद साह पर्छन्। 
मन्त्री साहले असारसम्म जिल्ला भ्रमण भत्ताबापत १ लाख १७ हजार रुपैया“ बुझेका छन्। मन्त्री साह पनि बढी सप्तरीमै भेटिन्छन्। सिरहा घर भएका आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले ५ महिनामा जिल्ला भ्रमणबापत १ लाख १० हजार ५ सय रुपैया“ खर्च गरका छन् े । बारा निवासी भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले जिल्ला भ्रमणमा १ लाख ८ हजार १ सय रुपैया“ खर्च गरका छन् े ।
 जिल्ला भ्रमणमा सबभन्दा कम खर्च उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रामनरश र े ाय यादवले गरका छन् े । उनले ५ महिनाको अवधिमा जिल्ला भ्रमणमा ४६ हजार रुपैया“ मात्र खर्च गरका छन् े । यस्तै, आर्थिक मामिला तथा योजना राज्यमन्त्री उषा यादवले जिल्ला भ्रमणमा ८६ हजार, आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री सरोजकुमार सिंहले ६७ हजार र भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादवले जिल्ला भ्रमणमा ९० हजार १ सय ५० रुपैया“ खर्च गरका छन् े । राज्यमन्त्रीमा जिल्ला भ्रमणमा धेर रै कम खर्चिनेमा योगेन्द्र पर्छन्। 
 


यसमा तपाईको मत