• :
  • :
    • On Air
    • Up Next
    • Station Opening ( Bhajan)

समाचार

जनकपुरमा अप्टिकल फाइवर विस्तार

जनकपुरमा अप्टिकल फाइवर विस्तार
मिथिलाञ्चल समाचारदाता
भदौ २४ गत्ते,जनकपुरधाम ।
नेपाल टेलिकमले जनकपुर उपमहानगरपालिका क्षेत्रमा सडक विस्तारको क्रममा भत्किएको संरचना मर्मतसम्भार तथा पुनस्निर्माण गर्दै गुणस्तरीय सञ्चार सेवा प्रवाह गर्न अप्टिकल फाइवर विस्तार गर्न थालेको छ ।
विगतमा प्रयोग गर्दै आएको कपर लिंक केवल हटाएर अप्टिकल फाइवरको माध्यमबाट सेवा विस्तार गर्न लागेको हो । जनकपुर उपमहानगरपालिका क्षेत्रको परिक्रमा सडकको थापाचोक, वन्सिचोक, रेलवेस्टेसन, मिल्सएरिया, भानुचोक, कदमचोक, मुरलीचोक, तिरहुतियागाछी, रामचोक, जनकचोक, शिवचोक, जानकी मन्दीर नजिकै, स्टेसन, मुझेलिया, कपिलेश्वर, पेठियाबजार लगायत पूरै जनकपुर क्षेत्रको सडक किनारामा जमिनमुनि अप्टिकल फाइवर राख्न थालिएको छ ।
जनकपुर उपमहानगरपालिका एकीकृत सहरी विकास आयोजनाअन्तर्गत सडक विस्तारको क्रममा क्षतिग्रस्त संरचना टेलिफोन, विद्युत र खानेपानी लाइन मर्मतसम्भार थालिएको छ । करिब ३ किलोमिटर सडक किनारामा टेलिफोन, इन्टरनेटका लागि अप्टिकल फाइवर र खानेपानीको पाइप जमिनमुनि गाडिएको छ ।
टेलिकमले जनकपुरमा ध्वस्त संरचना मर्मतसम्भार गरी मुरलीचोक, थापाचोक र भानुचोकमा एक्चेन्ज थपेर सेवा विस्तार गर्न लागेको छ । एक्सजेन्ज थप्न घर भाडामा लिइसकेको टेलिकमका जनकपुर प्रमुख सिताशरण दत्तले बताए ।
यसअघि अरगजापोखरी, मुझेलिया र कपिलेश्वरमा एक्सचेन्ज थियो । ‘अब जनकपुर उपमहानगरपालिका क्षेत्रमा ६ वटा स्टेसन राखेर घरघरमा गुणस्तरीय टेलिफोन र इन्टरनेट सेवा विस्तार गर्ने योजना रहेको टेलिकम प्रमुख दत्तले बताए । 
नेपाल टेलिकमले वितरण गरेको दस हजार ५ सय लेडलाइन (पिएसटिएन) टेलिफोनमध्ये ८ हजार र १ हजार४ सयमध्ये १ हजार एडिएसएल इन्टरनेट सेवा अवरुद्ध छन । 
 


यसमा तपाईको मत