• :
  • :
    • On Air
    • Up Next
    • Station Opening ( Bhajan)

समाचार

प्रदेशमा २२ सय कर्मचारी व्यवस्थापन गरिँदै

प्रदेशमा  २२ सय कर्मचारी व्यवस्थापन गरिँदै
 भदौ २५ गत्ते,जनकपुरधाम ।
संघीय सरकारबाट १ साउनमा आफू मातहत आएका कार्यालयका झन्डै २२ सय कर्मचारीको प्रदेश सरकारले व्यवस्थापन सुरु गरेको छ । जिल्ला वन कार्यालय, जिल्ला शिक्षा कार्यालय, खानेपानी डिभिजन कार्यालय, सहरी विकास डिभिजन कार्यालय, यातायात व्यवस्थालगायत कार्यालय प्रदेश सरकारमातहत आएका छन ।
कर्मचारीलाई प्रदेशका मन्त्रालय, निर्देशनालय तथा प्रदेश मन्त्रालयमातहतका कार्यालयमा खटाउने तयारी भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव हरि फुँयालले जानकारी दिए । हाल मुख्यमन्त्री कार्यालयमा ५२, सामाजिक विकास मन्त्रालयमा ६७, आर्थिक मामिला तथा योजना मन्त्रालयमा ४८, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा ४५ कर्मचारीको दरबन्दी छ । त्यस्तै, भौतिक पूर्वाधारमा ५५, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा ७३, आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा ३८ कर्मचारीको दरबन्दी छ ।
नयाँ पत्रिका


यसमा तपाईको मत