• :
  • :
    • On Air
    • Tun Tun Kaka
    • Up Next
    • Mithilanchal News

समाचार

आप्रवासी कामदार हकहित संरक्षण केन्द्रको अध्यक्षमा कुशवाहा निर्वचित

आप्रवासी कामदार हकहित संरक्षण केन्द्रको  अध्यक्षमा  कुशवाहा निर्वचित
मिथिलाञ्चल समाचारदाता
भदौ २५ गत्ते,जनकपुरधाम ।
 
आप्रवासी कामदारको हकहितको लागी काम गर्दै आएका आप्रवासी कामदार हकहित संरक्षण केन्द्रको  अध्यक्षमा कौशिल्या कुशवाहालाई चयन भएका छन्  आईतवार सम्पन्न पहिलो वार्षिक साधारणसभाबाट कुशवाहा अध्यक्षमा चुनिएको हो ।
  
लगातार ३ वर्षदेखी बैदेशिका रोजगारीमा कामदारको लागी विभिन्न कार्यक्रमम गर्दै आएका हकहित केन्द्रको उपाध्यक्षमा दुखःरन यादव, सचिवमा संजय यादवलाई चयन गरिएको छ ।
 
वार्षिक साधारणसभामा साम्बोधन गर्दै प्रदेश २ का समाजिक विकास राज्यमन्त्री अभिराम शर्माले बैदेशिक रोजगारमा जाने युवाहरुलाई प्रदेश सरकारको तर्फबाट निशुल्क तालिम दिने व्यवस्था गर्ने बताएका छन् ।
 शर्माले प्रदेश २ बाट बैदेशिक रोजगारमा जाने प्रत्येक युवालाई प्रदेश सरकारले निशुल्क सिप प्रदान गर्ने प्रतिवद्धता जनाएका छन् ।
 
आप्रवासीको हकहितको लागी प्रदेश सरकारले छिट्टै कानुन निर्माण गर्ने भन्दै यस प्रदेश बाट विदेश जान चाहेका युवाहरु सिप सिकेर मात्र पठाउन भन्दै ३ महिने सिपमुलक तालिमको व्यवस्था प्रदेश सरकारले गर्ने उनले उल्लेख गरेका छन् ।
 
यस्तै, प्रदेश २ मा बेरोजगार रहेका करिब ६ हजार युवाहरुलाई समेत उक्त तालिममा सहभागि गराईने व्यवस्था प्रदेश सरकारले गर्न लागेको समेत उनले उल्लेख गरेका छन् ।
 
उनले भने, ‘प्रदेश २ मा स्वास्थ्यको अवस्था, शिक्षाको अवस्था निकै कमजोर रहेको र महिला हिंसा पनि सबैभन्दा बढी यसै प्रदेशमा रहेकोले सरकार अहिले प्रदेश निर्माणको प्रकृयामा रहेको छ र देश निर्माण तथा संञ्चालनमा मोटो रकम भने वैदेशिक रोजगारीमा रहेको युवाहरुको छ ।’ 
 
यसैगरी, प्रदेश सरकारले प्रहरी एन बनाउन नसक्दा पनि यस प्रदेशमा वेरोजगार युवाहरुको संख्या बढेको उनको भनाई छ । मन्त्री शर्माले प्रहरी ऐन बनेपछी करिब १० हजार युवालाई रोजगारी भेट्ने अवस्था रहेपनि प्रहरी ऐन बन्न नसक्दा पनि बेरोजगार रहेका युवाहरु विदेशिनु परेको अवस्था रहेको उल्लेख गरेका छन् ।
 


यसमा तपाईको मत