• :
  • :
    • On Air
    • Sapna sapne Rahigel Repeated
    • Up Next
    • Tun Tun Kaka

समाचार

भंगाहामा डकैतीको घटनामा संलग्न रहेको शंकास्पद व्यक्ति पक्राउ

भंगाहामा डकैतीको घटनामा संलग्न रहेको शंकास्पद व्यक्ति पक्राउ
भदौ २५ गत्ते,महोत्तरी ।
महोत्तरीको भंगाहामा डकैतीको घटनामा संलग्न रहेको शंकास्पत व्यक्तिलाई महोत्तरी प्रहरीले पक्राउ गरेको छ । भंगहाको सीतापुरमा शुक्रवार भएको डकैतीको घटनामा संलग्न आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । वर्दिवास नगरपालिका १३ विजलपुराका ३५ वर्षे इसुन घिसिङ , २५ वर्षे रमेश लामा र २८ वर्षिय अजमल अलि शेख प्रहरीले पक्राउ गरेको प्रहरी उपरीक्षक ईश्वर कार्कीलेबताए । प्रहरीले घट्नाको जानकारीलगतै शंकास्पद स्थानमा छापा मारि ६ जनालाई  नियंत्रणमा लिएको थियो । उनीहरुमध्ये पीडितले पहिचान गरेकाबाहेक अन्यलाई भने प्रहरीले छाडेको छ । भंगाहा सीतापुर ४ जमुनियामा शुक्रवार मध्यराती बुन्दुक पडकाउदै अर्जुन भुजेलको घर प्रवेश गरेका डाका समुहले परिवारलाई निर्घात कुटपीट गर्नुका साथै नगद तथा सुन चादीका गहना लुटेका थिए । डाकाको कुटाईबाट भुजेल उनकी पत्नी अंजू , २६ र १६ वर्षिय छोराहरु अमित र दीपेन्द्र तथा आफन्त सुमन बुढाथोकी घाइते छन् ।
 


यसमा तपाईको मत