• :
  • :
    • On Air
    • Tun Tun Kaka
    • Up Next
    • Mithilanchal News

समाचार

क्रान्तिकारी युवा लिगले प्रदेश २ को सरकारलाइ ४१ बुदे माग सहित बुझायो ज्ञापनपत्र

क्रान्तिकारी युवा लिगले प्रदेश २ को सरकारलाइ ४१ बुदे माग सहित बुझायो ज्ञापनपत्र
भदौ २५ गत्ते,जनकपुरधाम ।
नेकपा क्रान्तिकारी माओवादी निकट क्रान्तिकारी युवा लिगले प्रदेश २ को सरकारलाई युवालाई रोजगार वा भत्ताको माग गर्दै ज्ञापनपत्र बुझाएका छन् । आइतबार जनकपुर स्थित गोपाल धर्मशालाबाट निस्केको जुलुस नगर परिक्रमा गर्दै मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा ४१ बुदे माग गर्दै ज्ञापनपत्र बुझाएका हुन् । लिगका प्रदेश नम्बर २ का संयोजक गङ्गा महतोले मुख्यमन्त्रीका स्वकिय सचिव जितेन्द्र यादवलाई ज्ञापनपत्र बुझाएका छन् ।
ज्ञापनपत्र बुझाउने क्रममा प्रदेश संयोजक महतोले बैदेशिक रोजगारलाई निरुत्साहित गरि आफ्नै माटोपानीमा रोजगारको व्यवस्था मिलाउन वा रोजगार बापतको भत्ता मिलाउन माग गरेका छन् । उनले ठुला उद्योग तथा कलकारखाना संचालकलाई विभिन्न बहानामा कर छुट गरि साना(मौझला र गरिब किसानलाई मारमा पार्ने गरि चर्को कर असुली नीति तत्काल खारेजीको माग समेत गरेका छन् ।
ज्ञापनपत्रमा शिक्षाको पुर्ण दायित्व राजले लिनुपर्ने, निजि स्कुल तथा कलेज खारेज गर्नुपर्ने, बेरोजगारलाई रोजगारको व्यवस्था गर्नुपर्ने, लागू औषध दुर्व्यसनमा सन्लग्न युवालाई श्रमसङ्ग जोडेर समाजमा पुनस् स्थापना गर्नुपर्ने, लगायतका ४१ बुदे  माग सहितको ज्ञापनपत्र मुख्यमन्त्री कार्यालयमा बुझाएका छन् ।
 


यसमा तपाईको मत