• :
  • :
    • On Air
    • Up Next
    • Station Opening ( Bhajan)

समाचार

बारामा ‘छोरी शिक्षा’ का लागि छात्रालाई साईकल वितरण

बारामा ‘छोरी शिक्षा’ का लागि छात्रालाई साईकल वितरण
भदौ २५ गत्ते,बारा ।
बाराको महागढीमाई नगरपालिकाले शिक्षाका लागि विद्यालयमा पहु“च बढाउन छात्रालाई ‘छोरी शिक्षा’ अन्तर्गत साइकल उपलब्ध  गराएको छ । नगर क्षेत्रको विभिन्न विद्यालयमा कक्षा ९ मा अध्ययनरत २ सय १ छात्रालाई साइकल उपलब्ध गराएको हो । गरिबी, अशिक्षा र चेतना अभावलगायतले विद्यालय छाडेर घरमै कामकाज गर्नुपर्ने अवस्थाकी छात्राहरुलाई पुनः विद्यालय आउजाउका लागि पनि नगरपालिकाले साईकल उपलब्ध गराउने योजना बनाएको छ । पढाई छुटाएर घरमै काम गराउने अभिभावकलाई चुनौती दिदै“ नगरपालिकाले साइकल उपलब्ध गराउने योजना बनाएका हन् ।
शिक्षाका लागि विद्यालयमा पहु“च बढाउन छात्रालाई ‘छोरी शिक्षा’ अन्तर्गत साइकल वितरण गरिएको नगर प्रमुख उपेन्द्र यादवले बताए । ८ कक्षा पढेर छाडेकी छात्राहरुलाई पुनः विद्यालय पुर्याउन पनि साइकल वितरण गरिन उनले बताए । नगर प्रमुख यादवका अनुसार तल कक्षाबाट दुःख गरेर अभिभावकले छोरीलाई पढाउ“छन् । तर छोरीहरु नौ कक्षा पुग्दा नपुग्दै अभिभावकले पढाइ छुटाइदिन्छन् । यही दुर्भाग्यलाई हटाउन साइकल उपलब्ध गराउने छौं ।
 


यसमा तपाईको मत