• :
  • :
    • On Air
    • Up Next
    • Station Opening ( Bhajan)

समाचार

महोत्तरीमा घुससहित प्रहरी पक्राउ

महोत्तरीमा घुससहित प्रहरी पक्राउ
 
मिथिलाञ्चल समाचारदता 
भदौ २७ गते, जनकपुरधाम ।
महोत्तरीमा प्रहरी कार्यालयमै घुससहित प्रहरी पक्राउ परेका छन् ।
 
इलाका प्रहरी कार्यालय रामगोपालपुरका प्रहरी नायब निरीक्षक रामबाबु प्रसाद यादवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिवासस्थित क्षेत्रीय कार्यालयले पाँच हजार घुस रकम सहित पक्राउ गरेको हो ।
 
सीमा क्षेत्रबाट आउने मालसमानको लाइन मिलाइदिने भन्दै पैसा लिदै गरेको अवस्थामा सई यादवलाई पक्राउ गरिएको अख्तियार कार्यालय बर्दिवासले जनाएको छ ।
 
रामगोपालपुर क्षेत्रबाट सम्सीलगायत नाका सीमा क्षेत्र नजिकै रहेको हुँदा उक्त बाटो भएर अवैध मालसामान ओसारपसार तथा लागुपदार्थ ओसारपसार हुने गरेको स्थानीयहरुले बताएका छन् ।
 
जिल्लामा अपराध मौलाएको बेला महोत्तरी प्रहरी जनताको शान्ति सुरक्षा कायम गर्न केन्द्रित नभएर अबैध धन कमाउन केन्द्रित भएका छन् ।
 
महोत्तरी प्रहरी भारतबाट दैनिक उपभोग्य समान ल्याउने व्यपारी संग अबैध रुपमा पैसा उठाउदै आएको छ  ।
 


यसमा तपाईको मत