• :
  • :
    • On Air
    • Swasthya paricharcha
    • Up Next
    • Mithilanchal News

समाचार

सुतिरहेका दिदीबहिनीमाथि तेजाब

सुतिरहेका दिदीबहिनीमाथि तेजाब
मिथिलाञ्चल समाचारदता 
भदौ २७ गते, रौतहट ।
चन्द्रपुर नगरपालिकामा घरमा सुतिरहेका दुई दिदीबहिनीको अनुहारमा अज्ञात समूहले तेजाब छर्किएको छ। मंगलबार राति दुवै दिदीबहिनीको अनुहारमा तेजाब फालिएको हो । घटनामा संलग्नको अहिलेसम्म पहिचान भएको छैन ।
 
अनुहारमा तेजाब परेर सख्त घाइते दुवैलाई थप उपचारका लागी काठमाडौं पठाएको प्रहरीले जनाएको छ। राति १२ बजे अज्ञात समूह घरमा प्रवेश गरि ढोका खोलेर दुवै छोरीको अनुहारमा तेजाब फालेर भागेको घाइतेका बुवाले बताए। ‘म बाहिर थिए। छोरी र आमा घरमै थिए,’ उनले भने, ‘राति कोही आएर तेजाब हालेर भागे छन्।’
 
तेजाबबाट उनीहरुका आँखा, टाउकोर अनुहारमा गहिरो चोट लागेको छ। दुवै बोल्न सक्ने अवस्थामा रहेको प्रहरीले जनायो। चन्द्रनिगाहपुर अस्पतालले उनीहरुलाई थप उपचारका लागि बिहान ५ बजे काठमाडौ रिफर गरेकोछ।
 
प्रहरी नायब उपरीक्षक युवराज खड्काले तेजाब छर्किनेको खोजी भइरहेको बताए। ‘हामीले घटनाको अनुसन्धान र संलग्नहरुको खोजी गरिरहेका छौं,’ उनले भने।
 
घाइतेहरुले तेजाब हान्नेलाई नचिनेको बताएका छन्। प्रहरीले शंकास्पद स्थानमा खोजतलास जारी राखेको छ।


यसमा तपाईको मत