• :
  • :
    • On Air
    • Up Next
    • Station Opening ( Bhajan)

समाचार

देखासिकीले गाँजेको तीज

देखासिकीले गाँजेको तीज
 
उषा थपालिया
 
भदौ २७ गते, काठमाडौँ  । 
 
तीजले महिलाको मानवीय गरिमा र स्वतन्त्र अस्तित्व स्थापनामा भूमिका खेलेको छैन ।के ही वर्षयता हिन्दु धार्मिक मान्यता र तरिकाभन्दा बेग्लै किसिमले तीजका भड्किला पक्ष विस्तार हुने क्रम बढ्दो छ । धार्मिक पर्व अन्तर्गतका विधि–व्यवहारभन्दा तामझाम र देखासिकी चरित्र बढी मिसिन थालेका छन् । अघिल्लो वर्षको तुलनामा विकृति हरेक साल बढ्दै जानु दुस्खद हो ।
 
 
 
पार्वतीको तीज व्रतका प्रभावले भगवान शिव र पार्वतीबीच वैवाहिक सम्बन्ध स्थापित भएको हिन्दु धार्मिक मान्यता छ । यसका आधारमा विवाहित महिलाले पतिको दीर्घायु र प्रगति अनि अविवाहित नारीले असल पति पाउन निराहार व्रत बसी तीज मनाउने गरियो । विशेषतस् महिलाको पर्वका रूपमा समाजभित्र यसको परिपालना हुँदै आएको छ । लगातार चार दिनसम्म फरक–फरक विधि पूरा गरी तीज सम्पन्न गर्ने चलन थियो । अहिले रमाइलो गर्ने, हैसियत देखाउने नाममा महिनादिन अघिसम्म तन्किएको छ । यसै मेसोमा अनेक विकृति भित्रिएका छन् ।
 
दरको विकृत रूप
तीजमा दरको महत्त्व विशेष मानिन्छ । २४ घन्टाभन्दा बढी समय पानी पनि नपिई व्रत बस्ने चलन छ । अघिल्लो दिन राति १२ बजेअघि सात्विक भोजन दर खाने गरिन्छ । शरीरलाई बोझिलो नबनाउने र धार्मिक नियम भंग हुन नदिने दूध र दुग्धजन्य पदार्थको बाहुलता दर पाक्ने गथ्र्यो । त्यो स्वास्थ्यका निम्ति लाभदायक हुन्थे ।
 
 
अहिले महिनादिन अघिदेखि पार्टी प्यालेस र होटलमा धार्मिक हिसाबले बर्जित खाने–पिउने संस्कृति दरका रूपमा मौलाइरहेको छ । त्यसले तीजलाई धार्मिक पक्षबाट अलग गर्दै लगेको बुझ्न गाह्रो छैन । हुने–खाने वर्गले तीजको जमघट भन्दै इष्टमित्र, नातेदारका लागि पार्टी आयोजना गर्ने, उपहार तथा नगद वितरण गर्ने परिपाटी बढिरहेकै देखिन्छ । यसले न्यून आय भएका परिवारलाई हीनताबोधतर्फ धकेल्छ ।
 
महिला सेन्टिमेन्ट
तीज जमघटमा लुगा, गरगहना प्रदर्शनको होडबाजी हुने गर्छ । उपभोक्ताको सेन्टिमेन्टलाई बन्धक बनाएर सामान उत्पादन गर्ने कम्पनीहरू तीजमा जति अरु चाडमा सायदै मोटाउलान् । महिना दिनभन्दा बढी प्रत्येक पसलमा महिला खरिदकर्ताको घुइँचो देखिन्छ । तीजका लागि महिलाले खरिद गर्ने अधिकांश सामग्री अन्य देशबाट आयात हुने हो । हरेक वर्ष ‘नयाँपन’को विगुल बजाएर कमाउ स्वार्थ पूरा गर्ने विदेशी उत्पादकका लागि नेपाली महिला भरपर्दा ग्राहक हुने गरेका छन् । आफ्नो हैसियत प्रदर्शनकै लागि हरेक वर्ष महिलालाई शिरदेखि पाउसम्मका लुगा, गहना, व्याग, जुत्ता, टीका, चुरा, पोते नयाँ चाहिन्छ ।
 
 
उत्पादक र बिक्रेताले दाबी गरेको फरक स्टाइल, गुणस्तर आदिको मोहजालमा महिला यति अन्धोभक्त बनिदिन्छन् कि जतिसुकै उच्च मूल्य चुकाउन पछि पर्दैनन् । यसको साइनो भ्रष्टाचारसँंग समेत जोडिन आइपुग्छ । चम्किला लुगा र गरगहना प्रदर्शनको होडले तीज विकृत बन्दै गएको जहीं–तहीं देखिन्छ । जस्तो– आफैमा बोझिलो देखिने ठूलो झुत्तो पोतेसहितको छड्के तिलहरी अधिकांश महिलाको तीज पहिचान धेरै वर्ष अघिदेखि बन्दै आएको छ । गर्धनमा बत्तुको जुइनो र कम्मरमा सुनको भाग पारेर लगाउने चलन फेरिएर अहिले सुनको भाग गर्धनमा र जुइनो कम्मरमा आइपुगेको छ । यस्तो शैलीको उद्देश्य गहना प्रदर्शन बाहेक केही हैन ।
 
न्यून वर्गलाई विशाद
निम्न वर्गलाई पनि चित्त बुझाउने सामग्रीले बजार भर्न उत्पादक त्यत्तिकै सफल देखिन्छन् । ‘सुनभन्दा कम छैन, हराएमा डर छैन’ नारा अघि सारेर पित्तलका गरगहनाको धन्दा व्यापक बन्नु यसैको परिणति हो । उत्पादकको नारामा लट्ठिँदै सुनको अनुपातमा निकै सस्तो ठानेर बहुसंख्यक महिला तत्कालीन देखासिकी टार्न त्यस्ता नक्कली सामान किन्ने गर्छन् । तर ६ महिना नटिक्ने गुणस्तरहीन धातुमा खन्याएको मूल्य सबै स्वाहा हुनेतर्फ ध्यान पुगेको देखिँदैन ।
 
 
जुनसुकै सामग्रीमा तिरेको एक रुपैयाँको समेत छुट्टै महत्त्व हुन्छ । उत्पादकहरूले उपभोक्ताको पैसालाई मूल्यहीन बनाइरहेको तथ्य कहिले बुझ्ने महिलाले रु यी सबै गरेर हैसियत माथि उठेको तथ्य स्थापित हुने भए ठिकै हो । तर न्यून वर्गकाले सुन लगाए पनि पित्तल ठान्ने र उच्चहरूले पित्तलै लगाए पनि सुन देख्ने सामाजिक दृष्टिदोष छ भने किन नचाहिँदो होडबाजीमा संलग्न हुने रु
 
महिला अस्तित्वको सवाल
तीज मनाउने शैलीबाट महिलाको मानव अधिकार र स्वतन्त्र अस्तित्व स्थापनामा महत्त्वपूर्ण योगदान पुर्‍याए जसरी बुझ्ने गरिन्छ । तर तीज नितान्त धार्मिक पक्षसंँग जोडिएको पर्व हो । यसले महिलाको मानवीय गरिमा र स्वतन्त्र अस्तित्व स्थापना गर्न भूमिका खेलेको छैन । आफ्नो स्वास्थ्यलाई परवाह नगरी महिलाले आफ्नो नभई पतिको दीर्घायुका लागि कडा व्रत बस्नुपर्ने मान्यता फेरिएको छैन । सबै महिला यस मान्यताप्रति विश्वस्त नहुन सक्छन्, तर व्रत बस्दिन भन्ने छुट उनीहरूलाई हुँदैन । पति बितेर गएका महिलाका हकमा समेत यो व्रत जीवनभर रहन्छ । अरु चाडपर्व मनाउने क्रममा परिवार भित्रका महिला–पुरुष सबैको सहभागिता देखिन्छ । तर तीजले पुरुषप्रति महिलाको एकतर्फी समर्पणलाई मात्र बढावा दिएको प्रस्टै छ ।
 
 
 
विचारणीय पक्ष
अहिले तीज हिन्दु महिलाको एकलौटी चाडको रूपमा छैन । अन्य धर्मावलम्बी र विदेशी महिला पनि आकर्षित छन् । यो राम्रो पक्ष हो । धार्मिक पक्षको महत्त्व हुन्छ । त्यसको अवलम्बन त्यही अनुरुप हुनु जरुरी छ । तर समय अनुसार विकसित हुने विवेक र चेतनाले अनुचित ठानेको पक्ष आँखा चिम्लेर पालना गर्नुपर्छ भन्ने छैन । उतिबेला शिक्षा र चेतना अभावले महिलासंँग जोडिएका धार्मिक विषय उचित र अनुचित छुट्याउने र त्यही अनुसार ग्रहण गर्ने स्थिति थिएन ।
 
 
गुरु पुरोहितले जे कुरालाई उचित ठहर्‍याउँथे, त्यसको हुबहु पालना गर्नु महिलाको धर्मरकर्तव्य हुनआउँथ्यो । अहिलेका महिलाको अभिभारा त्यतिले सकिँदैन । परिवर्तित समयमा नमिल्दा कुरा हटाएर धार्मिकरसांस्कृतिक पक्षको जगेर्ना गर्नुपर्छ । हाम्रा चिनारीका आधार–स्तम्भ तिनै पक्ष हुन् । महिलाका लागि परम्पराले कडाइ गरेका अभ्यासलाई खुकुलो बनाउँदै तीजलाई धार्मिक पर्वकै रूपमा मनाउनुपर्छ ।


यसमा तपाईको मत