• :
  • :
    • On Air
    • Up Next
    • Mithilanchal News

समाचार

साफ च्याम्पियनसिपः चौथोपटक पनि नेपाल सेमिफाइनलमै रोकियो

साफ च्याम्पियनसिपः चौथोपटक पनि नेपाल सेमिफाइनलमै रोकियो
 
 
ढाका — नेपाल साफ च्याम्पियनसिप २०१८ को फाइनल प्रवेश गर्न असफल भएको छ । ढाकास्थित बंगबन्धु रंगशालामा बुधबार अपरान्ह नेपाल र माल्दिभ्सबीच भएको खेलमा माल्दिभ्सले नेपाललाई ३(० ले हरायो । माल्दिभ्स फाइनलमा प्रवेश गरेको छ ।  
 
 
 
बुधबारको खेलमा माल्दिभ्सले खेलको नवौं मिनेटमा गोल गर्दै अग्रता लिएको थियो । खेलको ८३ औं र ८६ औं मिनेटमा माल्दिभ्सका इब्राहिम हसनले दुई गवल गर्दै टिमलाई जित दिलाए ।
 
नेपालको रक्षात्मक पंक्ति बलियो नहुँदा लगातार दुई गोल खानु परेको थियो ।
 
अब माल्दिभ्सले आजै राति स्थानीय समयअनुसार साढे ७ बजे हुने भारत र पाकिस्तानबीचको विजेतासँग शनिबार फाइनल खेल्नेछ ।
 
यसअघि साफ च्याम्पियनसिपमा नेपाल सेमिफाइनलमा तीनपटक रोक्किएको थियो । यो सहित अब नेपाल साफ च्याम्पियनसिपमा रोक्किएको चौथोपटक हुनेछ ।
 
नेपाल र माल्दिभ्स फुटबलको मैदानमा पुराना प्रतिद्वन्द्वी हुन्। सन् १९८४ मा भएको पहिलो खेल यता नेपाल र माल्दिभ्सबीच अहिलेसम्म १५ खेल भइसकेको छ। जसमा नेपाल ४ खेलमा विजयी रहेको छ। यस्तै ४ खेलमा बराबरी गरेको छ भने ७ खेलमा पराजित भएको छ। साफ च्याम्पियनसिपको इतिहासमा भने नेपालले माल्दिभ्सलाई हराउन सकेको थिएन।
 
साफ च्याम्पियनसिप प्रतियोगिताको ६ खेलमध्ये नेपालले २ बराबरी र ४ खेलमा हार व्यहोरेको थियो ।


यसमा तपाईको मत