• :
  • :
    • On Air
    • Up Next
    • Station Opening ( Bhajan)

समाचार

सप्तरीमा स्वाइन फ्लु र हङकङ फ्लुको प्रकोप पछि दुई नगरपालिका विपद् क्षेत्र घोषित

सप्तरीमा स्वाइन फ्लु र हङकङ फ्लुको प्रकोप पछि दुई नगरपालिका विपद् क्षेत्र घोषित
भदौ २९ गत्ते,सप्तरी  ।
 स्वाइन फ्लू र हङकङ फ्लुको प्रकोप फैलिएपछि सप्तरीको कञ्चनरुप नगरपालिका र हनुमाननगर नगरपालिका क्षेत्रलाई आजदेखि विपद् क्षेत्र घोषणा गरिएको छ ।
 
जिल्ला दैवी प्रकोप उद्दार समितिको आकस्मिक बैठकले प्रकोप नियन्त्रण नहुन्जेलसम्मका लागि नगरपालिका क्षेत्रलाई विपद् क्षेत्र घोषणा गरिएको कञ्चनरुपका
 
मेयर प्रमुख वसन्त मिश्रले जानकारी दिनुभयो । स्वास्थ्य सेवा विभागको इपिडिमियोलोजी तथा महामारी रोग नियन्त्रण शाखाको टोलीले बिरामीर्को याल परीक्षण गरी उनीहरुमा स्वाइन फ्लू र हङकङ फ्लु भएको पुष्टि गरेपछि  विपद् क्षेत्र घोषणा गरिएको हो ।
 
पछिल्लो दुई हप्तादेखि कञ्चनरुप र हनुमाननगर नगरपालिका क्षेत्रमा फैलिएको स्वाइन फ्लू र हङकङ फ्लूका कारण तीन बालकसहित चारजनाको ज्यान गएको छ ।
 
१७ सयभन्दा धेरै बिरामी छन् । बिरामीहरुमा ज्वरो आउने, खोकी लाग्ने लगायतका लक्षण देखिएका छन् ।  
 


यसमा तपाईको मत