• :
  • :
    • On Air
    • Kayakairan
    • Up Next
    • Mithilanchal Maithili News

समाचार

जनकपुर अञ्चल अस्पतालमा बिरामीलाई हेलचेक्रयाई गर्दा.....

जनकपुर अञ्चल अस्पतालमा बिरामीलाई हेलचेक्रयाई गर्दा.....

श्याम गिरी

मैले आयुर्वेद हेल्थ असिस्टेन्ट कोर्ष पुरा गरेपछि जनकपुर अञ्चल अस्पतालमा ओजेटि गर्ने मौका पाए र त्यहाँ बिरामीलाई स्वास्थ्य सेवा दिने क्रममा धेरै विकृतहरु देखे । तर, म मौन बसे । दुर्भाग्य अहिले १५ वर्ष पछि पनि अवस्था त्यस्तै छ । 

सुधार भएको छैैन सेवाको उपलब्धता र सेवाको संख्यात्मक रुपमा वृद्धि भएको होला । तर, बिरामी संग गर्ने व्यवहार र दुव्र्यवहार जस्ताको त्यस्तै छ ।

समस्या प्रसुती वार्ड र इमर्जेन्सीमा राति धेरै हुने गर्थ्यो । बिरामी आउदा सामान्य बिरामीलाई मेडिकल अफिसर तथा हामीले नै उपचार गर्थे र तर जब गम्भीर प्रकृतिको बिरामी प्रसुती र इमर्जेन्सी वार्डमा आउदा अनि समस्या हुन्थ्यो ।

समस्याको कारण हुन्थ्यो अनकलमा बसेको चिकित्सक अस्पताल न आउने । अनि बाध्य भएर हामीले बिरामीलाई धरान वा काठमाडौं रेफर गर्नु पर्थ्यो । अनकलमा बसेको चिकित्सकले पनि हामीलाई रेफेर गरिदिनु भन्नुहुन्थ्यो ।

मैले अस्पतालमा काम गर्दाखेरी चिकित्सकले बिरामीलाई हेलचेक्रयाई गर्दा पनि आफू मौन बसे, त्यही भुल हो अहिले १५ बर्ष पछि पनि  जनकपुर अंचल अस्पतालको अबस्थामा खासै सुधार भएको छैन र अहिले पनि अस्पतालमा उपचारको लागि जानेहरु संग सोधनुस र के भन्नुहुन्छ ?

अहिले पनि इमर्जेन्सी र वार्डमा गएर हेर्नुस, राति आबश्यक परे अनकल मा रहेको चिकित्सक आउदैन र अनि बिरामी निजि अस्पतालमा जान बाध्य हुन्छन । तर त्यहि चिकित्सकले खोलेको निजि अस्पतालमा जानुस , त्यहि चिकित्सकले भर्ना भएको बिरामी लाई हेर्न दिनमा ६/७ पटक जान्छन् ।

तर त्यहि अंचल अस्पतालमा फलोअपमा एकपटक जान पनि आनाकानी गर्छन र अंचल अस्पतालको फलोअपको समयमा निजि अस्पतालमा ब्यस्त हुन्छन् चिकित्सकहरु र त्यसको कारण हो निजीमा जति धेरै पटक फलोअप मा गयो त्यति थेरै पैसा लिन्छन् बिरामी संग र तर अंचल अस्पतालमा त तलब मात्र ।

मैले चिकित्सकहरुको क्लिनिकको प्याथोलोजीमा पनि केहि बर्ष काम गर्ने मौका पाए, त्यहा पनि धेरै बिकृति देखेर त्याहाँ त चिकित्सकहरुले नै अनाबश्यक धेरै टेस्टहरु लेख्ने तर सबै टेस्ट गर्नु पर्दैन भन्ने गर्थ्यो र १÷२ वटा टेस्ट मात्र गरेर रिपोर्ट बनाउ भन्ने गर्थ्यो ।

अहिले पनि अबस्था पहिला भन्दा सुधार भएको छैन र निजि अस्पताल हरुमा अहिले पनि सीएस अपरेशन गर्न नपर्ने लाई पनि अपरेशन गर्ने गरिन्छ ।  स्टोन न हुनेलाई पनि अल्ट्रासाउण्डमा स्टोन देखाएर अप्रेसन गरिन्छ । जथाभावी अपरेसन नगर्दा स्टाफको तलब र अस्पतालको भाँडा पुग्दैन ।

जनकपुरका १/२ निजि अस्पताल बाहेक अरु कुनै निजि अस्पतालहरु  जनशक्ति र भौतिक पूर्वाधारको हिस्साबले जनकपुर अंचल अस्पताल भन्दा राम्रो हुने सक्दैन र तर पनि त्यहाँ काम गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले अंचल अस्पतालमा सुबिधा छैन भन्दै निजीमा रेफर गर्ने गर्र्छन् र जनकपुर अंचल अस्पताल भन्दा धेरै चिकित्सक जनकपुरको कुन निजि अस्पतालमा छन् ? जनकपुर अंचल अस्पताल भन्दा कुन निजि अस्पतालमा धेरै नर्स ,पारामेडीक्स छन् ? कुनैमा छैन र यो अस्पतालको हाल बेहाल छ ।

बरु निजि अस्पतालहरुमा नै पूर्वाधार र जनशक्तिको अभाब रहेको छ । कोठाको साईज नाप्नुस पुग्दैन र कहिँ ट्वाइलेट हुदैन त कहिँ खानेपानी हुदैन र एक दुई जना एमबीबीएसले २४ घन्टा चल्ने निजि अस्पताल कसरी अञ्चल अस्पताल भन्दा राम्रो हुन्छ ? बीएमएलटीको ठाउँमा ल्याब असिस्टेन्ट, रेडियोलोजीको ठाउँमा टेक्निसियन, बिएससी नरसिंगको ठाउमा अनमिले काम चलाउने निजि अस्पताल कसरि जनकपुर अंचल अस्पताल भन्दा राम्रो र गुणस्तरीय हुन्छ ? त्यसैले जब सम्म सबैमा इमान्दारिता र इक्छाशक्ति हुदैन , हाम्रो जनकपुर अस्पतालको हाल बेहाल नै हुन्छ ।

 

चाहे जति अस्पतालको भवन बनाउनुस्, चिकित्सक, नर्स स्वास्थाकर्मी भर्ना गर्नुस् र आईसीयु, सीटि स्क्यान राख्नुस, इमान्दारिता बिना केहि सुधार हुदैन र त्यसैले मैले पनि गरेको भूलको माफी माग्दछु ।  

 

(गिरी ओखलढुंगा आयुर्वेद अस्पतालका आयुर्वेद सहायक र योग प्रशिक्षक हुन्)

 



यसमा तपाईको मत