• :
  • :
    • On Air
    • Sapna sapne Rahigel
    • Up Next
    • Hindi Filmi Songs

समाचार

म्यांगकुट आँधीले फिलिपिन्समा १४ जनाको ज्यान गयो

म्यांगकुट आँधीले फिलिपिन्समा १४ जनाको ज्यान गयो
भदौ ३१ गत्ते ।
फिलिपिन्समा आएको आँधीमा परी १४ जनाको ज्यान गएको छ । फिलिपिन्सको उत्तरी क्षेत्रमा म्यांगकुट नामक आँधीले धेरै क्षति र्पुयाएको स्थानीय सञ्चारमाध्यमलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।
आँधीले धेरै घरमा नोक्सानी र्पुयाएको छ भने ४२ ठाउँमा पहिरो गएको छ । आँधी पछि आएको बाढी पहिरोका कारण ५० लाख भन्दा धेरै मानिस विस्थापित भएका छन् । हजारौँ जनालाई सुरक्षित ठाउँमा सारिएको छ ।
विश्व मौैसम विज्ञान संगठन डब्लूएमओले यो आँधीलाई यो वर्षकै सबैभन्दा शक्तिशालि भनेको छ । आँधी विस्तारै चीनतर्फ प्रवेश गर्न थालेको पनि खबरमा उल्लेख छ । 
यस्तै अमेरिकाको क्यारोलिनामा आएको आँधीका कारण ११ जनाको ज्यान गएको पुष्टि भएको छ । झण्डै १० लाख घरमा विजुलीको आपूर्ति बन्द भएको छ ।  
 


यसमा तपाईको मत