• :
  • :
    • On Air
    • Up Next

समाचार

प्रदेश सभा बैठक असोज १७ गत्ते बस्ने कार्यव्यवस्था परामर्श समितिको निर्णय

प्रदेश सभा बैठक असोज १७ गत्ते बस्ने कार्यव्यवस्था परामर्श समितिको निर्णय
आश्विन ६ गत्ते,जनकपुरधाम ।
प्रदेश सभा कार्यव्यवस्था परामर्श समितिको बैठकले असोज १७ गते प्रदेश सभा बस्ने निर्णय गरेको छ । शुक्रबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा दलका नेताहरुले जितिया पर्व नजिकिएकोले असोज १७ गते देखि दशै सम्म निरन्तर बैठक बस्ने निर्णय गरेको हो ।
बैठकमा प्रदेश प्रहरी ऐन विषयमा विज्ञहरुसंग छलफल गर्ने समेत निर्णय गरेको छ । प्रदेश मदरसा बोर्ड गठन सम्बन्धी विधेयक, प्रदेशसभा सचिवालय सञ्चालन सम्बन्धी विधेयक र स्थानीय तहको कार्य सम्पादन सम्बन्धी विधेयक सचिवालयमा दर्ता भएको प्रदेश सभा सचिवालयका उपसचिव रञ्जित यादवले बताए । प्रदेश सरकारले विजनेश नदिंदा एक महिना यता प्रदेश सभा बैठक बस्न सकेको छैन ।
मुख्यमन्त्री लालबाबु राउत र मन्त्रीहरूले प्रदेशको अधिकार संघीय सरकारको बदनियतका कारण कुण्ठित भइरहेको र सोही कारण आफूहरू विकास र समृद्धिको बाटोमा अघि बढ्न नसकिरहेको गुनासो गर्ने गरेका छन्। तर, प्रदेश सरकारले आफना तर्फबाट निर्माण गर्नुपर्ने अत्यावश्यक कानुनका लागि विधेयक बनाएर सदनमा नल्याउँदा प्रदेशसभा सदस्यले काम नपाएको अवस्था छ ।
 
सरकारले काम दिन नसकेकै कारण प्रदेशसभाको गतिविधि अझै एक साताभन्दा बढी ठप्प रहन सक्ने जनाइएको छ। बिजनेस नपाएपछि प्रदेशसभा गत भदौ १६ गतेदेखि अनिश्चितकालका लागि स्थगन गरिएको थियो। प्रदेश सरकारले तीन साता अवधिमा सदनमा तीनवटा विधेयक मात्र दर्ता गराउन सकेको छ।
विधेयकको संख्या १० वटा नपुग्दासम्म बैठक आह्वान नगरिने जानकारी सभामुखबाट पाएको प्रदेशसभा सदस्य शिवचन्द्र चौधरीले बताए । हालसम्मको गतिविधि हेर्दा प्रदेश सरकार अक्षम रहेको पुष्टि हुदै गएको प्रदेशसभा सदस्य जगतप्रसाद यादवको भनाइ छ।  प्रदेश सरकारले हालसम्म प्रदेशको नाम, राजधानी, कामकाजको भाषालगायत अत्यावश्यक विषयलाई सदनमा प्रवेशसमेत गराएको छैन ।
 


यसमा तपाईको मत