• :
  • :
    • On Air
    • Tun Tun Kaka
    • Up Next
    • Mithilanchal News

समाचार

जनकपुर अञ्चल अस्पतालको बलात्कार प्रतिवेदनमा त्रुटी, सरकारी वकिलले डाक्टरलाई कारवाहि गर्न काउन्सील र मन्त्रलायलाई गरे पत्रचार

जनकपुर अञ्चल अस्पतालको बलात्कार प्रतिवेदनमा त्रुटी, सरकारी वकिलले डाक्टरलाई कारवाहि गर्न काउन्सील र मन्त्रलायलाई गरे पत्रचार
आश्विन ६ गत्ते,जनकपुरधाम ।
जनकपुर अञ्चल अस्पतालले बलात्कृत बालिकाको स्वास्थ्य जाच प्रतिवेदन शंकाको घेरामा परेका छ  । अञ्चल अस्पातलले धनुषाकी १२ वर्षीया बालिाका बलात्कृत भएको स्वास्थ्य परीक्षण प्रतिवेदन र सिरहा जिल्ला अस्पतालको  प्रतिबेदन फरक फरक आएपछि स्वस्थ्य प्रतिवेदन माथि नै प्रश्न उठेको छ ।
बलात्कार प्रतिवेदन सम्बन्धि स्वास्थ्य संस्थाले तत्काल दिनु पर्नु व्यवस्था छ । तर जनकपुर अञ्चल अस्पतालका दुई जना डाक्टरले गरेको बलात्कृत बालिका स्वास्थ्य जाच प्रविदेन ११ दिनपछि दिएका थिए । अस्पतालले प्रतिवेदन दिन ढिलाइ गरेपछि प्रतिवेदनमाथि शंका उत्पन्न भएको थिायो । अञ्चल अस्पतालको प्रतिवेदन संतोषजनक नभएपछि प्रहरीले बलात्कृत १२ वर्षीय बालिाकलाई १६ दिन पछि सिरहा जिल्ला अस्पतालमा पुन स्वास्थ्य जाच गराउदा फरक प्रतिवेदन आएको हो ।
गत भदौ राती ८ गते घरमा भाइ बहिनी संग सुतिरहदा छिमेकीबाट बलात्कृत १२ वर्षीया बालिकाको भदौ ९ गते जनकपुर अञ्चल अस्पतालमा प्रहरीले स्वासथ्य जाच गराएका थिए । अञ्चल अस्पतालमा कार्यरत डा.राम्भा गोइत र डा.बिजय  कुमार सिंहले गरेको स्वास्थ्य जाचमा सबै नर्मल देखाएको प्रतिबेदन भदौ २० गते दिएको थियो । डाक्टरद्वयले स्वास्थ्य परिक्षणमा घाउ चोट र अन्य सबै नर्मल बताएका थिए ।
तर भदौ २५ गते सिरहा जिल्ला अस्पतालका डा.राकेश कुमार सिंहले गरेको स्वास्थ्य जाचमा पिडित बालिकाको गाला र ओठमा बाइट मार्क, भजिना क्नगेशन र ह्यमेन रुप्टुरेड देखाएको छ ।  
बालिका बलात्कार आरोपमा पक्राउ परेका आरोपित २३ वर्षीय करण खत्वे मण्डल बलात्कार गरेको स्विकारेको, सिरहा जिल्ला अस्पतालको स्वास्थ्य जाच प्रतिवेदनले बलात्कार भएको, घटना मुचुल्काले समेत बलात्कार ठहर भएको तर जनकपुर अञ्चल अस्पतालका डाक्टरहरुको चरम लपारवाहिका कारण अनुसन्धान प्रभावित हुनेगरी ढिलो आएको रिपोर्टमा बालिकाको यौनाङ्गमा केहि नदेखिएको प्रतिवेदन दिनेलाई सरकारी वकिलको कार्यालय धनुषाले अनुसनधान गर्न पत्रचार गरेको छ ।
दुई आधिकारीक स्वास्थ्य संस्थाको स्वाथ्य जाच प्रतिवेदन फरक परेपछि दुबै प्रतिबवेदनको प्रतिलिपि र सीडी अनुसन्धानकालागि स्वास्थ्य मन्त्रालय, नेपाल मेडिकल काउन्सिल र नेपाल मेडिकल काउन्सिलमा पठाइएको जानकारी महान्यायधिवक्ताको कार्यालय, प्रहरी महानिरीक्षक प्रहरी प्रधान कार्यालय र हृगमन्त्रलाई समेत परीक्षण रिपोर्ट दिने डाक्टरको कारवाहिकालागि अनुरोध गर्दे जिल्ला प्रहरी कार्यालय धनुषालाई जानकारी गराएको छ ।
आमाको मृत्यु भएको र बुवा रोजगारीकालागि भारत गएपछि काकीको घरमा खाना खाइ भाइ बहिनिसंगै बस्दै आएकी १२ वर्षीया बालिकालाई गत भदौ ८ गते राती साढे १० बजे घरमा सुती रहेको बेला २३ वर्षीय मण्डलले बलात्कार गरेका थिए ।  घटना लग्तै बालिकाले आफन्तलाई जानकारी गराएका थिए । अबेर राती घटना भएकोले भदौ ९ गते पिडित परिवारले इलाका प्रहरी कार्यालय खजुरीमा उजुरी गरेका थिए ।
उजुरी आउना साथ अनुसन्धान सुरु गरी पिडित बालिकाको स्वास्थ्य परिक्षणकलागि जनकपुर अञ्चल अस्पताल पठाइएको थियो । बलात्कार आरोपितलाई इलाका प्रहरी कार्यालय खजुरीले भदौ ११ गते नेपाल भारत सिमावर्ती क्षेत्रबाट पक्राउ गरेका प्रहरी निरीक्षक शेषराज थन्दारले बताए  । बालिका बलात्कार आरोपमा पक्राउ परेका २३ वर्षीय मण्डलर्ला जिल्ला अदालत धनुषाले शुक्रबार पुर्पक्षकालागि थुनामा राख्न आदेश दिएको छ ।
 


यसमा तपाईको मत