• :
  • :
    • On Air
    • Sapna sapne Rahigel
    • Up Next
    • Hindi Filmi Songs

समाचार

प्रदेशका मन्त्रीहरुले ५० हजार विरुवा रोपने

 प्रदेशका मन्त्रीहरुले ५० हजार विरुवा रोपने
मिथिलाञ्चल समाचारदाता
आश्विन ८ गत्ते, जनकपुरधाम । 
प्रदेश सरकारले आफनो नीति तथा कार्यक्रममा समेटेको हरित प्रदेश योजना कार्यान्वयनमा आउने भएको छ । 
मन्त्री परिषदको आज बसेको बैठकले हरित प्रदेश योजनालाई सार्थकता प्रदान गर्न असोज १२ गते एकै दिन प्रदेश भरिमा ५० हजार विरुवा रोपने निर्णय गरेको छ । 
वृक्षारोपण कार्यक्रममा मुख्यमन्त्री लालबाबु राउत लगायत सबै मन्त्री र राज्यमन्त्रीहरु उपस्थिति हुने आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवले जनाउनु भएको छ । 
स्वच्छ वातावरणका लागि हरित प्रदेश योजनालाई सार्थकता दिन लागिएको हो ।
वृक्षा रोपन कार्यक्रमका लागि सबै जिल्लामा वन डिभिजन कार्यालयहरुले समन्वय गरि रहेको छ । हरित प्रदेश योजना जिल्लाका सरकारी वनमा लागु हुने जनाइएको छ ।
 


यसमा तपाईको मत