• :
  • :
    • On Air
    • Sapna sapne Rahigel
    • Up Next
    • Hindi Filmi Songs

समाचार

प्रदेश २ सरकार करारमा कर्मचारी भर्ना गर्दै

प्रदेश २ सरकार करारमा कर्मचारी भर्ना गर्दै
आश्विन ८ गत्ते, जनकपुरधाम । 
 
प्रदेश २ सरकारले सचिवदेखि श्रेणीविहीनसम्मका कर्मचारी करारमा भर्ना प्रक्रिया थालेको छ । संघीय सरकारले पठाएका कर्मचारी प्रदेशमाताहत नआउँदा कामकाज प्रभावित भएको निष्कर्षका साथ प्रदेश सरकारले करारमा कर्मचारी भर्नासम्बन्धी विधेयकको तयारी गरेको हो ।
 
प्रदेश लोकसेवा आयोग गठनमा ढिलाइ हुने भएकाले तत्कालका लागि रिक्त दरबन्दी पूरा गर्न करारमा कर्मचारी भर्नासम्बन्धी विधेयक २०७५ ल्याउन लागेर करारमा कर्मचारी भर्ना प्रक्रिया थालिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । तर, प्रदेश निजामती सेवा ऐन जारी भएपछि सो ऐन स्वतः खारेज हुने व्यवस्था गरिएको छ ।
 
करारमा कर्मचारी भर्नासम्बन्धी ऐन जारी भएको १ महिनाभित्र संघीय सरकारबाट खटाएका कर्मचारी प्रदेशमाताहत नआए सो स्थानमा करारका कर्मचारी भर्ना गर्ने प्रस्ताव विधेयकमा छ । विधेयक सोमबारको मन्त्रिपरिषद् बैठकले पारित गरी प्रदेश सभामा पठाइने आन्तरिक मामिला तथा कानुन मन्त्रालयका कानुन अधिकृत सुरेन्द्र महतोले बताए ।
 
७ सदस्यीय सिफारिस समिति
करारका कर्मचारी सिफारिस गर्न प्रदेश सरकारले प्रमुख सचिवको अध्यक्षतामा ७ सदस्य समिति बनाउने प्रस्ताव छ । समिति सदस्यमा प्रदेशका मुख्य न्यायाधिवक्ता, मुख्यमन्त्री कार्यालयका वरिष्ठ सचिव र कानुन सचिव, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव, प्रमुख सचिवले तोकेको प्रदेशका कुनै पनि मन्त्रालयका सचिव र प्रमुख सचिवले तोकेको कार्यालयका उपसचिव सदस्य सचिव रहने प्रस्ताव गरिएको छ ।
 
४५ प्रतिशत आरक्षणमा
प्रदेश सरकारले करारमा भर्ना गर्ने कर्मचारीमा पनि ४५ प्रतिशत आरक्षणको व्यवस्था गरेको छ । कर्मचारी छनोटमा सहिद परिवार, आर्थिक–सामाजिक रूपमा पछाडि परेका, अति विपन्न, दलित महिलाका लागि आरक्षण दिने प्रयोजनका लागि निजामती सेवा ऐन, २०४९ र निजामती सेवा नियमावली, २०५० ले निर्धारण गरेको विधि र प्रक्रियाअनुसार हुने प्रस्ताव गरिएको छ । करारमा भर्ना भएका कर्मचारीको तलब–भत्ता तथा बिदा संघीय निजामती सेवाका कर्मचारीसरह हुने, तर निवृत्तिभरण, उपदान, शैक्षिक वृत्ति तथा दीर्घकालीन प्रभाव पर्ने खालका सुविधा पाउनेछैनन् ।
 


यसमा तपाईको मत