• :
  • :
    • On Air
    • Up Next
    • Station Opening ( Bhajan)

समाचार

एसिया कप क्रिकेटःअफगानिस्तानसँग बराबरीमा रोकियो भारत

एसिया कप क्रिकेटःअफगानिस्तानसँग बराबरीमा रोकियो भारत
आश्विन १० गत्ते ।
एसिया कप क्रिकेटको सुपर फोर अन्तर्गतको अन्तिम खेलमा भारत र अफगानिस्तान बराबरमा रोकिएका छन् । पहिला ब्याटिङ गर्दै अफगानिस्तानले भारतलाई २५३ रनको लक्ष्य दिएको थियो ।
 
अफगानिस्तानका मोहम्मद शहजादले १२४ तथा मोहम्मद नबीको ६४ रनको मद्दतले अफगानिस्तानले निर्धारित ओभरमा ८ विकेट गुमाउँदै २५२ रन बनाएको थियो । तर भारत ४९।५ ओभरमा सबै विकेट गुमाउँदै २५२ रनमै रोकिएपछि खेल बराबरीमा सकिएको हो ।
 
भातरले अन्तिम ओभरमा जित्नका लागि ७ रनको आवश्यकता रहेको थियो भने उसँग जम्मा १ विकेट सुरक्षित थियो । तर अन्तिम ओभरमा बलिङ गर्न आएका राशिद खानले ६रन दिएर रबिन्द्र जडेजाको विकेट लिएपछि  भारत २५२ रनमै रोकियो । ७ रन चाहिएका बेला जडेजाले दोस्रो बलमा चौका प्रहार गर्दै भारतलाई जित नजिक लगेका थिए ।
 
तेस्रो बलमा एक रन लिँएपछि खालील अहमदले चौथो बलमा एक रन लिएका थिए । अन्तिम दुई बलमा १ रन बनाउँन भारत असफल भयो । भारतका जडेजा पाँचौ बलमा क्याच आउट भएपछि खेल बराबरीमा टुंग्याउँदै अफगानिस्तानले एसिया कपलाई सम्झन लायक बनाएको हो । 
 
भारत यसअघि नै फाइनल पुगि सकेको छ भने अफगानिस्तान प्रतियोगिताबाट बाहिरिएको छ । अब शुक्रबार भारतले उपाधिका लागि बंगलादेश र पाकिस्तानको विजेतासँग प्रतस्पर्धा गर्ने छ ।  
 


यसमा तपाईको मत