• :
  • :
    • On Air
    • Sapna sapne Rahigel
    • Up Next
    • Hindi Filmi Songs

समाचार

जनकपुरमा एसक्युसी हब कन्भेक्शन २०१८ समपन्न

जनकपुरमा एसक्युसी हब कन्भेक्शन २०१८ समपन्न
विजय झा
जनकपुर, असोज १इ गते । जनकपुरको मोनास्टिक आवासिय माध्यमिक विद्यालयमा क्वेस्ट नेपालले आयोजना गरेको एसक्युसी हब कन्भेक्शन २०१८ समपन्न भएको छ ।  
 
 
एसक्युसी हब कन्भेक्शन २०१८ कार्यक्रममा जनकपुरका ४ वटा सामुदायिक विद्यालय र १६ वटा संस्थागत विद्यालयले सहभागिता जनाएको थियो ।
 
 
कार्यक्रममा ४ वटा प्रतिस्पर्धात्मक कार्यक्रमहरु राखिएको थियो  कोलाज कम्पिटिशन,स्पेल कम्पिटिशन,स्टोरी फर्मिगं र क्विज कम्पिटिशन ।
 
 
जसमध्ये कोलाज कम्पिटिशनमा मोनास्टिक आवासिय मा.वि प्रथम,त्रीदेव मा.वि द्धितिय र श्री राम मा.वि तथा मोनास्टिक मा.वि तृतिय भयो । 
 
सान्त्वना पुरस्कार संकटमोचन मा.विले प्राप्त गरेको थियो ।
 
स्पेल बी कार्यक्रममा सिन्हा पब्लिक स्कुल प्रथम,मिथिला मन्टेस्री स्कुल द्धितिय तथा अन्नपुर्णा मा.वि तृतिय  भयो । त्यस्तै स्टोरी फर्मिगं कार्यक्रममा ध्रुवतारा मा.वि प्रथम,गार्गी मेमोरियल स्कुल द्धितिय, तथा किड्डी कन्भेन्ट तृतिय भएको थियो  ।
 
साथै क्विज प्रतियोगितामा ज्ञान स्कुल प्रथम,मोनास्टिक मा.वि द्धितिय र श्री राम मा.वि तृतिय भएको थियो । त्यस्तै सिर्जनात्मक विद्यालय समुहमा गौरी स्कुल,समन्वयात्मक समुहमा न्यु भिजन स्कुल,उत्कृष्ट पोशाक समुहमा सकल भवन  कन्या मा वि र अनुशासित विद्यालय समुहमा श्री वैद्यनाथ डी एन जे स्कुल तथा  नवोदय शिशु सदन अंग्रेजी माध्यमिक विद्यालयलाई  पुरष्कृत गरियो ।  
 
 
आशिन ८ र ९ गत्ते मोनास्टिक आवासिय मा. वि को प्रागंनमा आयोजना गरिएको  एस क्यु सी हब कन्भेक्शन २०१८ कार्यक्रमको उद्घाटन प्रदेश २ को सामाजिक विकास मन्त्री नवल किशोर साहले गरेका थिए ।


यसमा तपाईको मत