• :
  • :
    • On Air
    • Up Next
    • Station Opening ( Bhajan)

समाचार

एसिया कपःबंगालदेशले पाकिस्तानलाई ३७ रनले हरायो, फाइनलमा भारतसँग खेल्ने

एसिया कपःबंगालदेशले पाकिस्तानलाई ३७ रनले हरायो, फाइनलमा भारतसँग खेल्ने
आश्विन ११ गत्ते ।
 
एसिया कप क्रिकेटको उपाधिका लागि भारत र बंगलादेश भिड्ने भएका छन् । 
 
बुधबार रातिको खेलमा पाकिस्तानलाई ३७ रनले पराजित गर्दै बंगालदेशले भारतसँगको उपाधि भिडन्त पक्का गरेको हो । 
 
पहिला ब्याटिङ गरेको बंगलादेशका लागि मुस्फिकुर रहीमले ९९ तथा मोहम्मद मिथुनले ६० रनको उत्कृष्ट पारी खेले पछि पाकिस्तानलाई २४० रनको लक्ष्य दिएको थियो । 
 
यो संगै बंगलादेशले अहिले सम्म उपाधि जित्न नसके पनि तेस्रो पटक फाइनलमा स्थान बनाएको हो ।
 
पाकिस्तानले  लक्ष्य पछ्याउने क्रममा ९ विकेट गुमाउँदै २०२ रनमा रोकिएको थियो । 
 
पाकिस्तानका आलगि इमाम उल हकले ८३ रन बनाएका थिए ।
 
 बंगलादेशका मुस्ताफीजुर रहेमानले ४ विकेट लिएका थिए ।  
 


यसमा तपाईको मत