• :
  • :
    • On Air
    • Tun Tun Kaka
    • Up Next
    • Mithilanchal News

समाचार

पार्टी प्यालेस नै विधुत चोर्छन

पार्टी प्यालेस नै विधुत चोर्छन
संतोष सिंह
आश्विन १८ गत्ते,जनकपुरधाम ।
 
 
जनकपुरधाम उप महानगरपालिका १६ स्थित गणेश पार्टी प्यालेशमा विद्युत प्रधिकरण जनकपुर वितरण केन्द्रका कर्मचारी पुग्दा छक्क परे । 
 
लाखौको लगानिमा पार्टी प्यालेश बनाएको चिटिक्क होटलमै विद्युत चोरीको दृश्यले कर्मचारी आश्चर्य चकित भएका थिए । 
 
गरिब बस्तीमा लालपुर्जा नहु्नेहरु विद्युत मिटर लिन नसकेर विद्युत हुकिङ्ग गरी विद्युत चुहावट नियन्त्रणमा लागेका कर्मचारी होटलमै चुहावटको दृश्यकले छक्क परेका थिए ।
 
 
जनकपुर वितरण केन्द्रले चुहावट नियन्त्रणका लागि सहायक इन्जिनियर प्रमुख रामानन्दकुमार सिंहको नेतृत्वमा गठन गरेको टोलीले पार्टी प्यालेका सञ्चालकलाई पक्राउ गरी मुद्धा चलाएका छन् ।
 
 पार्टी प्यालेशमा ४ वटा एसी, १७ वटा पंका, मोटर, बल्व गरी कुला भारको अधारमा २ लाख भन्दा बढी जरिवाना तिर्न नसक्दा सञ्चालक बुधबार सम्म थुनामा बस्नु परेको सिंहले बताए ।
 
 
विद्युत प्राधिकरण जनकपुर वितरण केन्द्रले विद्य्त चुहाजट गर्नेलाई कारवाहि गरी दुई महिनामा ३० लाख भन्दा बढी राजश्व संकलन गरेको छ । 
 
विद्युत हुकिङ्गगरी १ सय ३३ जनालाई कारवाहि गरी दुई महिनामा ३० लाख राजश्व संकलन गरेको वितरण केन्द्र प्रमुख सुर्यनरायण मण्डलले बताए ।
 
 
गत आर्थिक वर्षमा ३५ प्रतिशत बिधुत चुहावट भएको तथ्याङ्घ थियो, विरतण केन्द्र प्रमुख मण्डलले भने,‘दुई महिनामा ५ प्रतिशत चुहावट कम भएको छ ।’ 
 
वितरण केन्द्रबाट नियमित चेक जाच गर्दै कारवाहि प्रक्रिया अगाडी बढाएपनि विद्युत चुहाव गर्नेहरु सतर्क भएको मण्डलले बताए ।
 
 
जनकपुर वितरण केन्द्रबाट चुहावट नियन्त्रण गर्न खटेको टोलीले पछिल्लो दुई महिनामा १ सय ३३ जना व्यक्ति पक्राउ गरी कारवाहि गर्नुको साथै हुकिङ्घ गरी चलाइएको ४९ थान मोटर, २३ थान टिभी, १४ थान पंखा र २८ अन्य विद्युत उपकरण नियन्त्रणमा लिइएको प्रमुख मण्डलले बताए । 
 
पक्राउ परेका व्यक्तिलाई १४ हजारका दरले जरिवाना गरी छोडिएको छ भने नियन्त्रणमा लिइएको विद्युतीय यन्त्र जफत गरीएको छ । 
 
 
सिचाइका लागि हुकिङ्ग गरी मोटर चलाएको घटना बढी पाइएको छ ।
 
 विद्युत चुहावट गरी सिचाइ गर्दा पटक पटक करेन्ट लागेर किसानको मृतयु भएपनि चुहावट नियन्त्रण हुन सकेको छैन ।
कान्तिपुर
 

 



यसमा तपाईको मत