• :
  • :
    • On Air
    • Sapna sapne Rahigel
    • Up Next
    • Hindi Filmi Songs

समाचार

सप्तरी मालपोतमा हाकाहाकी घुस लिदै भेटिए कर्मचारी

सप्तरी मालपोतमा हाकाहाकी घुस लिदै भेटिए कर्मचारी
अवधेश झा
 आश्विन १८ गत्ते,सप्तरी ।
 
जग्गाधनीलाई थाहै नदिई जग्गा अर्काको नाममा रजिष्ट्रेसन भई जाने प्रकरणमा चर्चित बनेको जिल्ला मालपोत कार्यालय सप्तरीका एक जना कर्मचारी हाकाहाकी घुस लिदै भेटिएका छन् । 
 
मालपोतमा घुस विना कामै नभईरहेको जनगुनासोपछि कान्तिपुरले बुधवार कार्यालय समय सुरु हुनासाथ मालपोत कार्यालय सप्तरीमा निगरानी गरेको थियो ।
 
 निगरानीका क्रममा मालपोत कार्यालय सप्तरीको तामेली फाटका खरिदार परमानन्द मण्डलले सेवाग्राहीवाट घुस लिदै गर्दा भेटिएका थिए ।
 
 
बिभिन्न सेवाग्राही संग ५० देखी ५ सय रुपैया सम्म घुस लिदै गरेको देखिएका खरिदार मण्डलले राजविराज नगरपालिका वडा नम्बर १५ मुसहरनियाकी बृद्ध महिला कितावनी खातुनसित नक्कल दिएवापत सय रुपैया घुस मागेका थिए । 
 
बृद्ध कितावनी खातुनले सय रुपैया आफुले दिन नसक्ने बताएपछि खरिदार मण्डलले उनलाई झपारेका थिए । 
 
लगतै तामेली फाट भन्दा बाहिर गएर कितावनी खातुनले ५० रुपैया निकालेर भित्र प्रबेश गरि खरिदार मण्डललाई दिएका थिए । 
 
कितावनीले खरिदार मण्डललाई घुस वापत ५० रुपैया दिईरहेको भिडियो कान्तिपुरसित सुरक्षित छ ।
 
 
५० रुपैया लिएपछि उनले तत्कालै उनको काम गरेका थिए । के वापत ५० रुपैया लिनुभएको हो ? भन्ने प्रश्नमा खरिदार मण्डल आवाक भएका थिए । 
 
उनले आफु नया कर्मचारी भएको र सय पचास लिने यहाको चलन नै रहेकाले मात्र लिएको भनी जवाफ फर्काएका थिए ।
कान्तिपुर


यसमा तपाईको मत