• :
  • :
    • On Air
    • Sapna sapne Rahigel
    • Up Next
    • Hindi Filmi Songs

समाचार

१४ वर्षिय किसोरी र ७० वर्षिय बृद्धाको बलात्कार,प्रहरी प्रशाषण निरिह

१४ वर्षिय किसोरी र ७० वर्षिय बृद्धाको बलात्कार,प्रहरी प्रशाषण निरिह
आश्विन १८ गत्ते,सप्तरी ।
 
बलात्कार बिरुद्ध राष्ट्रिय रुपमै आवाज उठिईरहेका बेला मंगलवार सप्तरीका एक १४ वर्षिय किसोरी र ७० वर्षिय बृद्धा महिला बलात्कृत भएकी छिन् । 
 
दुबै घटनाको २४ घण्टा बितिसक्दा पनि प्रहरीले आरोपी पक्राउ गर्न सकेको छैन् । 
 
डाक्नेश्वरी नगरपालिका १ की १४ वर्षिय किसोरीलाई घरमा कोही नभएका बेला आफनै ठुलो बुवाका छोरा (दाजु) ले नै बलात्कार गरेको पीडितकी आमाले बताएकी छिन् ।
 
 
पीडित किसोरीका बुवा चारवर्षदेखी बैदेशिक रोजगारीमा छन् । 
 
आमा बस्तीमा अन्य ब्यक्तीका घरमा गएका बेला मंगलवार बिहान १० वजे १८–१९ वर्षिय ती युवकले किसोरीलाई बलात्कार गरेको पीडितको आरोप छ ।
 
 ‘म टयुबेल अगाडी भा“डा माज्दै थिए,ठुलो वुवाको छोरा आउनु भयो,घर भित्र जान भन्नु भयो,मैले नाइ म जादिन भन्दा घिर्सादै घर भित्र लगेर मुख थुनी मलाई जवरजस्ती करणी गरे’ गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल राजविराज बुधवार स्वास्थ्य परिक्षण गर्न आएकी पीडित किसोरीले कान्तिपुरसित भनिन् । 
 
कसैलाई भने ज्यानै मारिदिने धम्की समेत दिएको उनले बताए । 
 
 
 यस्तै, सप्तरीको खड्ग नगरपालिका–८ मुसहरनियाकी एक ७० वर्षीया वृद्धा मंगलबार राति बलात्कृत भएकी छन्। 
 
घरका अन्य सदस्य जितिया पर्वको अवसरमा आयोजित कार्यक्रम हेर्न गएका बेला राती साढे ९ बजेको समयमा छिमेकी ४० वर्षीय एक पुरुषले आफूलाई बलात्कार गरेकोे पीडितले बयान दिएकी छन्। 
 
मदिराको नशामा लठ भएका ती व्यक्तिले वृद्धालाई घरमा कोही नभएको मौका छोपी जबरजस्ती करणी गरेकोे सूचना आएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी भावेश रिमालले जनाए ।
 
 आरोपीको खोजी कार्य तीव्र बनाइएको रिमालले जानकारी दिए ।
 


यसमा तपाईको मत