• :
  • :
    • On Air
    • Sapna sapne Rahigel
    • Up Next
    • Hindi Filmi Songs

समाचार

औरही नगरपालिकामा तालावन्दि ,अवरोध गरे नगरको नाम र कार्यालय नै फेर्ने चेतावनी

औरही नगरपालिकामा तालावन्दि ,अवरोध गरे नगरको नाम र कार्यालय नै फेर्ने चेतावनी
आश्विन १८ गत्ते,महोत्तरी ।
 
नगर कार्यालयमा तालाबन्दी गरेपछि औरही नगरपालिका र स्थानियबीचको विवाद गहिरिदै गएको छ । 
 
माग पुरा नगरे आन्दोलनकारि विश्राम नलिने अडानमा छन् । 
 
आन्दोलनको प्रतिवाद गर्दै नगरप्रमुख सुनिल यादवले अनावश्यक वखेडा झिकेर कार्यालयको कामकाज नै ठप्प पारेकाले अव नगरको नाम फेर्ने र कार्यालय पनि स्थानान्तरण गर्ने जनाए ।
 
 औरही नगरपालिकामा बेथिति बढेको भन्दै विरोध सुरु भएदेखि आन्दोलनकारि र नगरप्रमुखवीच द्वन्द्व चर्कदै गएको स्थानियको भनाई छ ।
 
 बेथितिविरुद्ध राजपाका स्थानिय नेता दरेश यादवको संयोजकत्वमा २ साताअगिदेखि विरोध सुरु भएको थियो । 
 
उनीहरुले १५ बुदे मागअगि सार्दै ज्ञापन पत्र , खवरदारि सभा , अल्टिमेटम , सडक जामसमेत गरेका थिए । 
 
सुनवाई नभएपछि आईतवार धर्ना र मंलवारदेखि नगर कार्यालयको मूलगेटमा तालावन्दि गरिएको छ ।
फाईल फोटो
 


यसमा तपाईको मत