• :
  • :
    • On Air
    • Tun Tun Kaka
    • Up Next
    • Mithilanchal News

समाचार

प्रदेश सभा बैठक आइतबार सम्मको लागि स्थगित

प्रदेश सभा बैठक आइतबार सम्मको लागि स्थगित

जनकपुर, असाेज १९ गते । प्रदेश २ का प्रमुख प्रतिपक्षी पार्टी नेकपा र नेपाली कांग्रेसका सांसदहरुले सरकारको काम कारवाहीको विरोध गर्दै प्रदेश सभा बैठक अवरुद्ध गरेका छन् । बैठक सुरु भए लगत्तै सभामुखसँग विशेष समय लिएर बोल्दै नेपाली कांग्रेसका सांसद शिवचन्द्र चौधरीले सरकारको विरोध गर्दै बैठक अवरोध गर्ने बताएका थिए। त्यसपछि नेकपाका सचेतक सुन्दर विश्वकर्मा र सांसद रामचन्द्र मण्डले सरकारको बजेट लगायतको विषयमा आलोचना गरेका थिए। विपक्षी पार्टीका सांसदहरुले अवरोध गरेपछि सभामुखले बैठक प्रदेश सभा आइतबार सम्मको लागि स्थगित गरेका छन्।



यसमा तपाईको मत