• :
  • :
    • On Air
    • Up Next

समाचार

संसदीय समितिलाई मातृका यादवको व्यंगःचिनीको मात्रै किन अरु सामानको मूल्य पनि तोक्दिए हुन्छ

संसदीय समितिलाई  मातृका यादवको व्यंगःचिनीको मात्रै किन अरु सामानको मूल्य पनि तोक्दिए हुन्छ
राजु चौधरी
आश्विन १९ गत्ते,काठमाडौँ  ।
 
 उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले संसदीय समितिको काम बजार मूल्य तोक्ने नभएको बताएका छन् । 
 
उनले मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै संसदीय समितिले दिएको निर्देशन मन्त्रालयले मान्नै पर्छ भन्ने पनि नरहेको बताए ।  
 
 
 
लेखासमितिले बिहीबार चिनीको खुद्रा मूल्य ६३ रुपैयाँ भन्दा बढी नतोक्न निर्देशन दिएको थियो।ुसमितिले चिनीको मूल्य तोकेको छ। तालुकदार मन्त्रालयका मन्त्रीलाई नबोलाई कसरी मूल्य तोकियो रुु उनले प्रश्न गरे।
 
 
उनले समितिको पत्रलाई सम्मान गर्ने बताए। समितिलाई व्यंग्य गर्दै भने, ुतरकारीको मूल्य पनि तोक्दिए भैगो नि त १ु
 
 
उनले समितिको निर्देशन मन्त्रालयले कार्यान्वयन गर्ने हैसियत नभएको बताए। उनले भने, ुचाँडै नै प्रधानमन्त्रीसँग छलफल गर्छु। प्रधानमन्त्रीको निर्देशन अनुसार म अघि बढ्छु।ु
 
यस्तै चिनीको बजार भाउ बढाउनमा आर्थिक चलखेल भएको भन्ने आरोप तथ्यहीन भएको बताएका छन्।
 
शुक्रबार यादवले आफ्नै मन्त्रालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा सार्वजिनक लेखा समितिले चिनीको बजार भाउ बढाउनमा चलखेल भएको कुरा असत्य भएको भन्दै तथ्यहीन आरोप लगाउनेमाथि छानविन गरेर दोषीलाई कडाभन्दा कडा कारबाही गर्न सभामुख समक्ष निवेदन दिएका छन्।
 
 
असोज १४ गते सार्वजनिक लेखा समितिले डाकेको बैठकमा समिति सदस्यले चिनीको भाउ बढाउन करिव १ अर्ब ६९ करोड रुपैयाँको चलखेल भएको आरोप लगाएका थिए।
 
 
चिनीको भाउ बढाउन कसैले गडबढ गरेको भए त्यसलाई कारबाही गर्नुपर्छ भन्ने पक्षमा आफू रहेको बताउँदै पत्रकारसमक्ष उनले ुजे पयो त्यही लेख्नेरुु भनेर आक्रोश पोखे। उनले भने, ुुजे मन लाग्य त्यही लेख्नेलाई पनि कारबाही हुनुपर्छ। प्रमाण केही छैन। जेजे मन लाग्यो त्यही लेख्नेरुु
 
 
उनले पत्रकारले पैसा नपाएर अर्बको समाचार लेखेको आरोप लगाए। उनले भने, ुपत्रकार पैसा पाउन्न अनि अर्बको समाचार लेख्छन्।ु
कान्तिपुर


यसमा तपाईको मत