• :
  • :
    • On Air
    • Sapna sapne Rahigel
    • Up Next
    • Hindi Filmi Songs

समाचार

नेपाली कांग्रेस र नेकपा मधेसीको लागि भाडाको घर होःराज्यमन्त्री मण्डल

नेपाली कांग्रेस र नेकपा मधेसीको लागि भाडाको घर होःराज्यमन्त्री मण्डल
आश्विन २० गत्ते,सप्तरी ।
प्रदेस न २ का उद्योग, पर्यटन, बन तथा वातावरण राज्यमंत्री सुरेश कुमार मण्डलले नेपाली कांग्रेस र नेकपा मधेसीको निम्ति भाडाको घर बताउनु भएको छ । 
 
सप्तरी स्थित डाक्नेस्वारी नगर कार्यसमितिले आयोजना गरेको पार्टी प्रवेश तथा जनसभालाई सम्बोधन गर्नु हुदै उहाले राजपा आफ्नो घर भएको बताउनु भयो । 
 
राजपा मधेसी जनताको आफ्नो घर हो यसमा आफ्नो श्रम पसिना लगाउनुस भन्नु भयो । भाडाको घर बाट कुनै पनि बेला निकलिन सकिने डर त्रासमा नबस्नुस । 
 
आफ्नो घर आफ्नै हुन्छ । नेपाली कांग्रेस महेन्द्र नारायण निधीको हुन सकेन महन्थ ठाकुर को हुनसकेन अनि के भा डे भुड़े गुलाम हरुको हुन्थ्यो । 
 
त्यसकारण समय मै सचेत होऔ आफ्नो घर बनाउन तिर लागौ । उक्त कार्यक्रममा एक हजार बढी जना कांग्रेस कम्युनिष्ट र फोरम परित्याग गरि राजपामा प्रवेश गरेका थिए ।
 
 नव प्रवेशी राजपेयी लाई राजपा अध्यक्ष राजकिशोर यादवले अबिर माला लगाई स्वागत गरेका थिए ।


यसमा तपाईको मत