• :
  • :
    • On Air
    • Sapna sapne Rahigel
    • Up Next
    • Hindi Filmi Songs

समाचार

आईसीसी टी–२० विश्वकप छनोटःमलेसियाविरुद्ध नेपालको शानदार जित

आईसीसी टी–२० विश्वकप छनोटःमलेसियाविरुद्ध नेपालको शानदार जित
आश्विन २० गत्ते ।
 
आईसीसी टी–२० विश्वकप अन्तर्गत एसिया उपक्षेत्रीय छनोटको नेपालले लगातार दोस्रो जित हात पारेको छ ।
 
शनिबार भएको खेलमा नेपालले मलेसियालाई ८ विकेटले पराजित गरेको हो । यसअघि पनि नेपालले मलेसियालाई ८ विकेटले नै पराजित गरेको थियो ।
 
मलेसियाको बायुमास ओभल मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसिया १९ दशमलव ३ बलमा एक सय रनमा अलआउट भएको थियो ।
 
मलेसियाविरुद्ध सन्दीप लामिछानेले ५ विकेट लिएका थिए । जारी प्रतियोगितामा उनको कुल ९ विकेट पुगेको छ । 
 
म्यानमारविरुद्ध पनि उनले चार विकेट लिएका थिए । नेपालका सोमपाल कामीले ३ तथा कप्तान पारस खड्काले १ विकेट लिए ।
 
 
मलेसियाको दुई खेलाडीले मात्र दोहोरो अंक छुन सके ।
 
 
१०१ रनको जवाफी लक्ष्य नेपालले १२ दशमलब ४ ओभरमा २ विकेट गुमाएर पूरा गरेको छ । 
 
नेपालको जीतमा कप्तान पारस खड्काले अर्धशतकीय पारी खेले । 
 
४ रन हुँदा अनिल साहलाई गुमाएको नेपालले त्यसपछि क्रिजमा आएका पारसले उत्कृष्ट ब्याटिङ गरेका थिए ।
 
 
नेपालको ३२ रन हुँदा विनोद भण्डारीलाई गुमाएको नेपालका लागि कप्तान खड्का र उप(कप्तान ज्ञानेन्द्र मल्लले ६९ रनको साझेदारी गरेका थिए । 
 
जसमा खड्का ५२ तथा ज्ञानेन्द्र २७ रनमा नट आउट रहे । 
 


यसमा तपाईको मत