• :
  • :
    • On Air
    • Tun Tun Kaka
    • Up Next
    • Mithilanchal News

समाचार

प्रदेश प्रमुखद्धारा शुभकामना व्यक्त

प्रदेश प्रमुखद्धारा शुभकामना व्यक्त असोज २०, जनकपुरधाम । विजया दशमीको अवसरमा प्रदेश नं. २ का प्रमुख रत्नेश्वरलाल कायस्थले सबैमा शुभकामना व्यक्त गर्नुभएको छ । विजया दशमीको अवसरमा भएको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा प्रदेश प्रमुख कायस्थले विजया दशमी, दिपावली तथा छठ पर्व २०७५ को अवसरमा प्रदेश नं. २ का साथै स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा शुख शान्ति, समृद्धि, सदभाव तथा आपसी भाईचारा कायम रहोस भनी शुभकामना व्यक्त गर्नुभएको हो । प्रदेश प्रमुखको कार्यालयद्धारा आयोजित उक्त कार्यक्रममा प्रदेश २ का मन्त्रीहरु, साँसदहरु, बिभिन्न सुरक्षा निकायका उच्च पदस्थ कर्मचारीहरु, नागरिक समाज , समाजसेवी, राजनितीकर्मी तथा बुद्धिजिवीहरुको सहभागिता रहेको थियो ।

यसमा तपाईको मत