• :
  • :
    • On Air
    • Tun Tun Kaka
    • Up Next
    • Mithilanchal News

समाचार

न्याय माग्न जाँदा जातीबाट बहिष्कार

न्याय माग्न जाँदा जातीबाट बहिष्कार
आश्विन २१ गत्ते,सर्लाही ।
 
न्यायकोलागी ढोका ढकढकाउँदा सर्लाही कविलासीका एक ब्यक्तीको परिवार आफ्नै जातीबाट बहिष्कृत भएका छन् । 
 
आफुहरुको कुरा नमानेको भन्दै उनलाई जातीबाट बहिष्कार गरिएको उनकै जातीका अगुवाहरुले जनाएका छन् ।
 
ा १५ धुर जग्गा नपुगेपछि उनले वडा कार्यालय, समाज र जातीका अगुवाहरुलाई गुहारेका थिए । 
 
तर वडा कार्यालय, समाज र जातीका अगुवाले विवाद मिलाउन नसकेपछि उनी जिल्ला अदालतमा जग्गा किचोला मुद्दा दर्ता गराएका थिए । 
 
मुद्दा दर्ता भएपछि जातीका अगुवाहरुले आफुलाई पटक– पटक दवाव दिएर मिलाउन भनेको र नमानेपछि जातीगत रुपमा बहिष्कार गरेको बहिष्करणमा परेका पंडीतले गुनासो गरे ।
 
कविलासी नगरपालिका–१ पिपरियाका बद्री पंडीतको परिवारलाई आफ्नै जातीले बहिष्कार गरेका हुन् । 
 
छिमेकी उपेन्द्र पंडीतले जग्गा मिचेको भन्दै उनले अदालतमा मुद्दा दर्ता गराएपछि जातीको बहिष्कारमा परेका हुन् । 
 
न्याय माग्न नेपाल सरकारले ताकेकै ठाउँमा जाँदापनि जातीले बहिष्कार गरेकोमा पंडीत परिवारको दःखेसो छ ।
 
 अहिले पंडीतको घरमा उनकै जातीको एक बच्चा समेतलाई जान रोक लगाईएको छ । 
 
 पटक– पटक जातीले गरेको छलफलमा पंडीतले जातीको अगुवाको चित्त बुझाउन नसकेको र छिमेकीलाई अनावश्यक अदालतको कटघेरोमा उभाएकाले जातीबाट बहिष्कार गरिएको उनको जातीका अगुवाहरुले बताएका छन् ।
कान्तिपुर
 


यसमा तपाईको मत