• :
  • :
    • On Air
    • Tun Tun Kaka
    • Up Next
    • Mithilanchal News

समाचार

समाजिक सञ्जालमा महिलाको फोटो हालेपछि प्रहरीको फन्दामा

समाजिक सञ्जालमा महिलाको फोटो  हालेपछि प्रहरीको फन्दामा
आश्विन २१ गत्ते,जनकपुरधाम ।
 
समाजिक सञ्जमा महिलाको फोटो सार्वजनिक गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । 
 
फेसबुकमा महिलाको नग्न फोटो सार्वजनिक गरेको आरोपमा जनकपुरधाम उपमहानगरपालिका–१० का २० वर्षीय दिवश कामतलाई धनुषा प्रहरीले पक्राउ गरेको हो ।
 
 कामतले फेसबुकको फेक आईडी बनाएर त्यस मार्फत केही समय अघिदेखि महिला साथीहरुसँग कुरा गर्दैआएका थिए ।
 
 
च्याटकै क्रममा उनले महिलासँग अनैतिक सम्बन्धको लागि दबाव दिने गरेको प्रहरीले जनाएको छ ।  
 
महिला त्यसको लागि तयार नभएपछि उनको नग्न तस्बिर सार्वजनिक गरेका थिए ।
 
 पीडित महिलाले कामत विरुद्ध प्रहरीमा उजुरी दिएपछि  उनलाई पक्राउ गरिएको धनुषाका प्रहरी नायब उपरीक्षक दिपेन्द्र शाहीले बताए । 
 
कामत विरुद्ध साइबर क्राइम अन्र्तगत मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
 


यसमा तपाईको मत