• :
  • :
    • On Air
    • Sapna sapne Rahigel
    • Up Next
    • Hindi Filmi Songs

समाचार

बैदेशिक रोजगारी क्षतिपुर्ति प्रकरण, थप एकजना समातिए

बैदेशिक रोजगारी क्षतिपुर्ति प्रकरण, थप एकजना समातिए
पिडित डोली सदा
आश्विन २१ गत्ते,सप्तरी ।
 
बैदेशिक रोजगारीका क्रममा कतारमा मृत्यु भएकाको परिवारका लागि आएको क्षतिपुर्ति रकम पीडित भन्दा अर्के ब्यक्तीले उडाईदिएको घटनावारे अनुसन्धान गरिरहेको सप्तरी प्रहरीले थप एकजनालाई पक्राउ गरेको छ ।
 
 
साविक पिप्रा पुर्व गाबिस २ का बौवालाल सदाको रोजगारीका क्रममा मृत्यु भएपछि उनकी श्रीमती डोलीकुमारी सदाको नाममा ४४ लाख ९३ हजार ५ सय ९३ रुपैया क्षतिपुर्ति वापतको रकम परराष्ट मन्त्रालय हुदै सप्तरी जिल्ला प्रसासन कार्यालय आएको थियो । 
 
सो रकम राष्टिय बाणिज्य बैक राजविराजमा रहेको डोलीकुमारीको खातामा गएको तर आफनो खातावाट रकम भुक्तानी भईसकेपनि आफुले नपाएको लिखित निवेदन दिन प्रहरीले उक्त प्रकरणमा छानविन गरिरहेको छ ।
 
प्रहरीले तिनदिन अघि उक्त प्रकरणमा संल्गन भएको आरोपमा जिल्ला प्रसासन कार्यालय सप्तरीका तात्कालिन कार्यालय सहयोगी विजयकुमार यादबलाई पक्राउ गरेको थियो ।
 


यसमा तपाईको मत