• :
  • :
    • On Air
    • Tun Tun Kaka
    • Up Next
    • Mithilanchal News

समाचार

नक्कली नागरिकता बनाउन खोज्ने एक भारतीय सहित तीनजना पक्राउ

नक्कली नागरिकता बनाउन खोज्ने एक भारतीय सहित तीनजना पक्राउ
 
आश्विन २१ गत्ते,जनकपुरधाम ।
 
नक्कली नागरिकता बनाउन खोज्ने एक भारतीय सहित तीन जना जनकपुरबाट पक्राउ परेका छन् ।
 
 
पक्राउ पर्नेमा भारतको सीतामढी जिल्ला कोरियाही पञ्चायत भेमुवाका २४ वर्षीय तसिफ अंसारी, जनकपुरधाम–१४ रजौल बस्ने ५५ वर्षीय मन्जुर अंसारी र उनकी श्रीमती ४८ वर्षीया सलमा खातुन रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
 
 
पक्राउ परेका तसिफ मन्जुरको साला रहेको र मन्जुरले उनलई छोरा भनि नेपाली नागरिकता दिने तयारी गरेका थिए ।
 
 
मन्जुर र सलामाले भारतीय नागरिक तसिफको नेपाली नागरिकता बनाउने तयारी गरेको सूचनाको आधारमा प्रहरीले खानतलाशी गर्दा नागरिकता दिलाउन सम्पूर्ण कागजात तयार अवस्थामा बरामद भएको धनुषाका प्रहरी प्रवक्ता डीएसपी दीपेन्द्र शाहीले जानकारी दिएका छन् ।
 
 
पक्राउ परेका तीनैजनलाई हिरासतमा राखी यसपूर्व पनि नक्कली नागरिकता बनाउने कार्यमा संलग्न रहे नरहेको बारे आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
 


यसमा तपाईको मत