• :
  • :
    • On Air
    • Tun Tun Kaka
    • Up Next
    • Mithilanchal News

समाचार

२० वर्ष मुनीका किशोरलाई मदिरा पसलमा पस्न निषेध

२० वर्ष मुनीका किशोरलाई मदिरा पसलमा पस्न निषेध
 पवन यादव
आश्विन २१ गत्ते,सिमरा ।
जितपुर सिमरा उपमहानगरपालिका ७ शिखर टोलकी दिलमाया थापा छोरा कुलतमा फसेपछि धेरै दुःखी छिन । 
 
गलत संगतमा लागेर छोराले लागु औषध गाजा, मदिरा लगायतका नशालु पदार्थ सेवन गर्न पल्केको छ । 
 
छोरालाई सपार्न अनेकौं प्रयास गरेपनि उ अहिले सम्म सुध्रेको छैन ।
 
दुव्र्यसनी सुधार गृहमा राख्दा पनि उसको व्यवहारमा परिवर्तन नआएपछि आमा दिलमाया थप चिन्तित बनेकी छिन ।
 
 अव्यवस्थित तरिकाले मदिरा पसल संचालन र त्यसको मनलाग्दी बिक्री वितरणको कारण यहाका धेरै किशोरहरु कुलतमा लागेर अभिभावकलाई दुःख दिने क्रियाकलाप बढ्न थालेपछि तिनका अभिभावक समस्यामा परेका छन ।
 
 दिलमाया जस्तै जितपुर उपमहानगरपालिकाका धेरै आमा बुआ छोरालाई सुधार्न अनेकौं प्रयास गरीरहेका छन ।
 
 
लागु औषध दुव्र्यसनीमा सब भन्दा बढी कलिलो उमेरका किशोरहरु संलग्न भई अभिभावकलाई दुःख दिने घटना बढ्न थालेपछि जितपुर सिमरा उपमहानगरपालिका वडा नं. ७ को कार्यालयले किशोरहरुलाई दुव्र्यसनीबाट जोगाउन नया“ उपाय निकालेको छ ।
 
 
वडा कार्यालयले किशोरहरुलाई दुव्र्यसनीबाट जोगाउन जितपुर नगर क्षेत्रभरी संचालनमा रहेको मदिरा पसलमा २० वर्ष मुनीका किशोरलाई प्रवेश निषेध गरेको छ ।
 
 
वडाध्यक्ष रामबाबु प्रसाद कलवारको अध्यक्षतामा हालै सम्पन्न सर्वक्षिय बैठकले २० वर्ष मुनीका किशोरसंग मदिरा बिक्री वितरण नगर्न र उनीहरुलाई मदिरा पसलमा मदिरा सेवन गर्न बस्न नदिन वडाका क्षेत्राधिकार भित्र संचालनमा रहेका सबै व्यवसायीलाई निर्देशन दिएको छ ।
कान्तिपुर


यसमा तपाईको मत