• :
  • :
    • On Air
    • Up Next

समाचार

चडपर्वलाई लक्षित गरी धनुषामा १ हजार ५५ प्रहरी परिचालन गरिने

चडपर्वलाई लक्षित गरी धनुषामा १ हजार ५५ प्रहरी परिचालन गरिने
 
 आश्विन २१ गत्ते,जनकपुरधाम । 
 
दशैँ, तिहार र छठ पर्वमा धनुषामा सुरक्षा व्यवस्था कडा बनाइने भएको छ । 
 
शनिवार विहान जिल्ला प्रहरी कार्यालय धनुषाले जनकपुरको रामानन्दचोकमा आयोजना गरेको दशैँ तिहार र छठ पर्व लक्षित सुरक्षा कार्यक्रमा धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले चाड पर्वलाई लक्षित सुरक्षा व्यवस्था कडा बनाउने बताएका छन् ।
 
 
उनले जनतालाई शान्तिपूर्ण वातावरणमा चाँडपर्व मनाउन जिल्लाको सुरक्षा व्यवस्था कडा गर्न लागिएको जानकारी गराएका छन् । 
 
धर्म सांस्कृतिको नाममा विभिन्न संघ संस्था तथा कल्वहरुलाई अवेर राती सम्म कार्यक्रम नगर्न अग्रह समेत प्रमुख जिल्ला अधिकारी लामिछानेले गरे ।
 
 
धनुषा जिल्ला सुरक्षाको हिसावले जोखिम रहेको बताउँदै प्रमुख जिल्ला अधिकारी लामिछानेले कतै कुनै अमाञ्चित वा अपराधिक गतिविधि भइरहेको थाहा पाए नजिकको प्रहरीमा जानकारी गराउन समेत आग्रह गरे ।
 
 
सुरक्षाकोलागि १ हजार ५५ प्रहरी परिचालन गर्ने भएको छ ।  
 
नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान प्रहरी नेपालको संयुक्त सहकार्यमा १ हजार ५५ प्रहरी परिचालन उनले बताए । 
 
चाड पर्वलाई लक्षित गरी जिल्लामा अपराधिक गतिविधि नहोस् भने उद्देश्यले सुरक्षाका कार्यक्रमहरु गर्नेजनाएको छ । 
 
ठाउँ ठाउँमा कमान पोष्ट खडा गर्ने, सरप्राईज चेकिङ् गर्ने, यात्रु सहयाता कक्ष सञ्चालन गर्ने जस्ता कार्यक्रमहरु गर्ने धनुषाका प्रहरी उपरीक्षक गोविन्द थपलियाले बताए ।
 
 उपरीक्षक थपालियाले भने ‘सामाजिक विकृती अन्तय गर्नकोलागि प्रहरी २४ सौँ घण्टा तैयार रेहको छ । र यसमा छ सबैपक्षको साथ, सहयोगको अपेक्षा गरेको छु ।’
 
 
थपलियाले आम नागरिकलाई र्निधक्कपुर्वक चाड पर्व मनाउन आग्रह गर्दै जवरजस्ती चन्दा संकलन गर्ने , लागु औषध सेवनकर्ता, मदिरा सेवनकर्ता, महिला हिंसा, सवारी दुर्घटना र जुवातास जस्ता विकृति नियन्त्रणमा नियन्त्रण गर्न प्रहरी २४ घण्टा लाग्ने बताए ।
 
 
कार्यक्रममा नागरिक समाजका अगुवा, सञ्चारकर्मी, सर्वसधारण लगायतको सहभागिता रहेको थियो ।
 


यसमा तपाईको मत