• :
  • :
    • On Air
    • Tun Tun Kaka
    • Up Next
    • Mithilanchal News

समाचार

ट्याक्टर दुर्घटना, एक जनाको मृत्यु

ट्याक्टर दुर्घटना, एक जनाको मृत्यु
 आश्विन २१ गत्ते, सिन्धुली ।
 
 
 सिन्धुलीको कमलामाई नगरपालिकाको भित्री सडकमा गए राति ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
 
 सो दुर्घटनामा ट्याक्टरमा सवार रहेका कमलामाई नगरपालिका–५ निवासी २१ वर्षीय रमेश घिसिङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी निरीक्षक जेसी शाहले जानकारी दिनुभयो । 
 
कमलामाई नगरपालिका–५ सिलामेबाट सिन्धुलीमाडीतर्फ आउँदै गरेको अन टेष्ट ट्याक्टर सडकबाट ३० मिटर तल खसेको थियो । 
 
ट्याक्टर चालक फरार रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । 
 
रातको समयमा तीव्र गतिमा गुडेको ट्याक्टरको गति नियन्त्रण गर्न नसक्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । 
 
सिन्धुलीका भित्री सडकमा १८ वर्षभन्दा मुनिका व्यक्तिले ट्याक्टर चलाउने गर्दछन् । 
 
अधिकांश ट्याक्टर दुर्घटना चालकको कमजोरीले हुने गरेको छ । 
 
तर सवारी चालक अनुमतिपत्रविना नै सवारी चलाउने धेरै भए पनि ट्राफिक प्रहरी तथा प्रहरीले यसलाई नियन्त्रण गर्न सकेको छैन । 
 
 


यसमा तपाईको मत