• :
  • :
    • On Air
    • Tun Tun Kaka
    • Up Next
    • Mithilanchal News

समाचार

जनकपुरका एक वडा अध्यक्षलाई नै नियन्त्रणमा लिएर बाटो विस्तार

जनकपुरका एक वडा अध्यक्षलाई नै नियन्त्रणमा लिएर बाटो विस्तार
मिथिलाञ्चल समाचारदाता
आश्विन २१ गत्ते,जनकपुरधाम ।
जनकपुर उपमहानगरपालिका–९ का वडा अध्यक्ष परमेश्वर साहले सडक विस्तारको क्रममा बाटोमा परेको आफ्नो घर भत्काउन नमानेपछि उनीसहित उनको परिवारलाई प्रहरीले नियन्त्रणमा लिएर घर भत्काएको छ ।
 
प्रहरीले वडा अध्यक्ष साहलाई उपमहानगरपालिकाकै आग्रहमा नियन्त्रणमा लिएको बताइएको छ ।
 
नियन्त्रणमा लिइएकाहरुलाई अहिले जिल्ला प्रहरी कार्यालयमा राखिएको छ।
 
लामो समयदेखि सडकमा परेको घर भत्काउन नमानेका कारण नियन्त्रणमा लिनुपरेको प्रहरीले बताएको छ।
 
 वडा अध्यक्ष साहले उपमहानगरकै दबाबमा आफूलाई प्रहरीले नियन्त्रणमा लिएको दाबी गरे ।
 


यसमा तपाईको मत