• :
  • :
    • On Air
    • Tun Tun Kaka
    • Up Next
    • Mithilanchal News

समाचार

मधेश आन्दोलनका घाइतेलाई प्रदेस सरकारको आर्थिक सहयोग

मधेश आन्दोलनका घाइतेलाई प्रदेस सरकारको आर्थिक सहयोग
 
आश्विन २३ गत्ते,जनकपुरधाम । 
 
मधेश आन्दोलनका घाइते विजय कुमार ठाकुरलाई प्रदेश सरकारले एक लाख ५० हजार रकम सहयोग उपलब्ध गराएको छ । 
 
प्रदेश सरकारले मधेश आन्दोलन क्रममा घाइते भएका हरुलाई सहयोग गर्ने प्रतिवद्धता जनाए अनुरुप प्रथम मधेश आन्दोलनको क्रममा गम्भीर घाइते भई एउटा खुट्टा गुमाएका पिपरा गाँउ पालिका –५ रतौलीका ठाकुरलाई मुख्यमन्त्री राउतले सहयोग रकम हस्तान्तरण गरिएको हो ।
 
 
मधेश आन्दोलनका घाइतेहरुको सम्मान कार्यक्रममा मुख्यमन्त्री लालबाबु राउतले सोमबार सहयोग रकमको चेक घाइते ठाकुरलाई हस्तान्तरण गरेका हुन । 
 
 
मधेश आन्दोलनकै बलमा मुलुकमा संघीयता स्थापित भई प्रदेश नं. २मा मधेशी जनताको भावना बमोजिम सरकार गठन भएको उल्लेख गर्दै मुख्यमन्त्री राउतले उनिहरुको बलिदानीलाई प्रदेश सरकार आत्मसाथ गरेर अघि बढने बताए ।
 
 
प्रदेश सरकारले शहीद परिवारलाई रोजगारी दिने गरेको निर्णय अनुरुप आफनो काम शुरु गरि सकेको उल्लेख गर्दै राउतले क्रमशः शहीद परिवारलाई योग्यता र क्षमताको आधारमा रोजगारी दिइने प्रतिवद्धता जनाए ।
 
 
प्रदेशको शान्ति सुरक्षा र विकास को जिम्मा प्रदेश सरकारको रहेपनि केन्द्र सरकारले त्यसमा अल्झाएर संघीयतालाई नै असफल बनाउने प्रयास गरि रहेको उनले बताए । 
 
 
संघीयता विरोधीहरु प्रदेशलाई असहयोग गरेर जनतामा संघीयता प्रति नै वितृष्णा फैलाउने प्रयास गरि रहेकोले त्यसलाई चिर्न आफुहरु प्रदेश प्रहरी ऐन र करारमा कर्मचारी भर्ना गर्ने सम्बन्धि ऐन संसदमा टेवल गरेको उल्लेख गरे ।
 
 
यता मुख्यमन्त्री लालबाबु राउतले दुई साता अघि महोत्तरीको जलेश्वर नपा १२ नैन्हीमै फैलिएका झाडा पखालाले मृत्यु भएको परिवारलाई एक÷एक लाख क्षतिपूर्ति दिइने घोषणा गरेका छन् ।
 
झाडा पखाला प्रभावित क्षेत्रको निरीक्षण गर्न नैन्ही पुगेका मुख्यमन्त्री राउतले महामारी नियन्त्रणमा सहयोग गर्न सम्पूर्ण स्वास्थ्यकर्मी र नगरपालिकाका पदाधिकारीहरुलाई धन्यवाद दिए । 
 
मुख्यमन्त्री राउतले अस्वच्छताका कारण यस्ता रोग हरु फैलिने गरेको उल्लेख गर्दै सबैलाई आफनै घर बाट सरसफाईमा जुटन समेत आग्रह गरे ।
 


यसमा तपाईको मत